वीरगंज | PMC Academy, वीरगंजमा कक्षा १२ का विद्यार्थीहरूले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूको स्वागत कार्यक्रम भव्य रूपमा सम्पन्न गरेका छन्। कार्यक्रम वीरगंजस्थित होटेल कुमु प्लाजामा आयोजना गरिएको थियो।

कार्यक्रममा एकेडेमिका इन्चार्ज आशुतोष यादव र प्रधानाध्यापक प्रकाश यादवको विशेष उपस्थिति रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि अविनाश यादव थिए। त्यस्तै अतिथिहरूमा नितेश चौरसिया, दिनेश यादव, मोहन पण्डित तथा सुरेन्द्र पाण्डेको उपस्थिति रहेको थियो।

विद्यार्थीहरूले तराई क्षेत्रमा विद्यमान दाइजो प्रथाविरुद्ध कार्यक्रममा जनचेतनामूलक नाटक प्रस्तुत गरेका थिए, जसले उपस्थित दर्शकको ध्यान आकर्षित गरेको थियो। नाटकमार्फत समाजमा फैलिएको कुरीति अन्त्यका लागि चेतना फैलाउने प्रयास गरिएको आयोजकले जनाएका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरूले विद्यार्थीहरूलाई शिक्षासँगै संस्कार पनि उत्तिकै आवश्यक रहेको बताए। उनीहरूले अनुशासन, मेहनत र नैतिक मूल्यले नै विद्यार्थीको उज्ज्वल भविष्य निर्माण हुने धारणा व्यक्त गरे।
त्यस्तै स्वागत कार्यक्रममा सांस्कृतिक प्रस्तुति, प्रेरणादायी मन्तव्य तथा आपसी परिचयात्मक गतिविधिहरू समेत समावेश गरिएको थियो। कार्यक्रममा विभिन्न बुद्धिजीवी, शिक्षक तथा पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सोकार्यक्रमका उद्घोषक अनुरुद्ध यादवले गरेका थिए
एकेडेमी प्रशासनले यस्तो कार्यक्रमले विद्यार्थीहरूबीच आपसी सम्बन्ध मजबुत हुनुका साथै सकारात्मक शैक्षिक वातावरण निर्माण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।


