Lucky-Khabar_

चौथो विशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधाका विशिष्ट व्यक्तित्व सम्मानित

पुर्ण बहादुर मगर
चितवन|समाजका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका व्यक्तित्वहरूलाई सम्मान गर्ने उद्देश्यले आयोजित चौथो विशाल अवार्ड २०८२ चितवनमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा कला, संस्कृति, उद्यम, सामाजिक अभियान तथा स्थानीय विकासका क्षेत्रमा सक्रिय व्यक्तित्वहरूलाई विभिन्न विधामा सम्मान प्रदान गरिएको हो।

content ad p2

अवार्ड समारोहमा राइजिङ मोडल विधाबाट नितेश चौधरी, राइजिङ सिंगरबाट उत्सव ढकाल, सोसियल आइकन अफ द इयरबाट अञ्जु कार्की, युवा उद्यमी वर्षबाट प्रदीप शर्मा तथा युथ आइकन अफ द इयरबाट सुमिना चौधरी सम्मानित हुनुभयो। यसैगरी, राप्ती रत्न अवार्ड राजेन्द्र प्रसाद सिलवाललाई र राप्ती हिरो अवार्ड वालकृष्ण थपलियालाई प्रदान गरिएको थियो।

कार्यक्रममा उत्कृष्ट महिला जनप्रतिनिधि विधाबाट ग्रेस तामाङ र महिला उद्यमी वर्ष २०८२बाट सिता गुरुङ सम्मानित हुनुभयो। सम्मानित व्यक्तित्वहरूको योगदानको प्रशंसा गर्दै वक्ताहरूले यस्ता अवार्डहरूले समाजमा सकारात्मक ऊर्जा र प्रेरणा फैलाउने विश्वास व्यक्त गरे।

अवार्ड वितरण भूमि समस्या समाधान आयोग चितवनका अध्यक्ष इमानसिं लामा, राप्ती नगरपालिका वडा नं. ३ का अध्यक्ष शिवकान्त वली, वडा नं. ५ का अध्यक्ष सिताराम वल, कार्यपालिका सदस्य कविता राई, नगरसभा सदस्य ममिता कुवर र सहदेव सेढाई, नगरस्तरीय मेलमिलाप केन्द्र समितिकी संयोजक दिलकुमारी थिङ, लैङ्गिक अधिकारकर्मी उत्तम थापा, राप्ती प्याब्सनका अध्यक्ष दीपक सारु लगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थितिमा सम्पन्न भएको थियो।

हाम्रो राप्ती एफ.एम. र विशाल न्युजको आयोजनामा तथा राप्ती नगरपालिका र हेटौंडा उपमहानगरपालिकाको प्रवर्द्धनमा सम्पन्न उक्त कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ। आगामी दिनमा पनि समाजमा सकारात्मक योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई सम्मान गर्ने कार्यक्रमलाई निरन्तरता दिइने आयोजकको भनाइ छ।

सम्बन्धित खबर

हरिखेतान क्याम्पसको विवाद हिंसात्मक : दुई पक्राउ, पठनपाठन प्रभावित

लक्की खबर

पुरानो रिसइबीमा दाजुभाइको हत्या, मुख्य आरोपीसहित ६ जना पक्राउ

लक्की खबर

व्यापारिक घरानाबाट ‘भू–माफिया’ छवितर्फ केडिया ? अर्बौंको सरकारी तथा निजी सम्पत्तिमाथि दाबी, प्रतिष्ठा जोगाउने कि विवादमा डुब्ने ?

लक्की खबर