काठमाडौं|नेकपा एमालेको ११औँ महाधिवेशनको बन्दसत्र सुरु भएको छ। भृकुटीमण्डपमा केहीबेरअघि बन्दसत्र प्रारम्भ भएको हो। बन्दसत्रको सुरुआतमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन्।

आज बिहान ९ बजेबाट सुरु हुने भनिएको बन्दसत्र केन्द्रीय कमिटी बैठकलगायत कारणले ढिलाइ भई दिउँसो ३ बजेपछि मात्र सुरु भएको हो।महाधिवेशनको उद्घाटन हिजो शनिबार भक्तपुरको सल्लाघारीमा सम्पन्न भएको थियो।


