वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वीरगञ्ज महानगरपालिका कमिटिले भोली आफ्नो प्रथम महानगर भेला आयोजना गर्ने हुने भएको छ।

सो आयोजना भेला मङ्सिर २९ गते बिहान ठीक ११ बजेदेखि वीरगञ्जस्थित क्लासिक ब्याङ्क्वेटमा हुने उक्त भेलामा पार्टीका कार्यवाहक सभापति डोलप्रसाद (डीपी) अर्याल प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्।
जिल्ला अध्यक्ष हरि पन्तका अनुसार भेलामा पार्टीका स्थानीय नेता, कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य उपस्थिति रहने अपेक्षा गरिएको छ। भेलामा महानगर स्तरमा पार्टीको सङ्गठन विस्तार, स्थानीय मुद्दाहरू तथा आगामी राजनीतिक रणनीतिबारे छलफल गरिनेछ।
यसैगरी, रास्वपा मधेस प्रदेश प्रचार विभागका प्रमुख रामकुमार सर्राफले पार्टी सदस्य, समर्थक तथा इच्छुक सबैलाई भेलामा उपस्थित भई कार्यक्रमलाई सफल बनाउन आग्रह गरेका छन्।भेलालाई मधेस प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीको सङ्गठनात्मक आधार थप सुदृढ बनाउने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।


