Lucky-Khabar_

वीरगन्ज महानगरपालिका–३१ बेलवामा उपप्रमुख इम्तियाज आलमद्वारा निर्माण कार्यको अनुगमन

वीरगन्ज| वीरगन्ज महानगरपालिका वडा नं. ३१ बेलवामा महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले आफ्नो कोषबाट सञ्चालन भइरहेको निर्माण कार्यको स्थलगत अनुगमन गर्नुभएको छ। अनुगमनका क्रममा उपप्रमुख आलमले बेलवामा भइरहेको सडक ढलान तथा रामजानकी मन्दिरको प्रखाल निर्माण कार्यको अवलोकन गर्नुभएको हो।

content ad p2

केही महिना अघि रामजानकी मन्दिर व्यवस्थापन समितिले उपप्रमुख आलमसमक्ष प्रखाल निर्माणको प्रस्ताव राखेपछि उहाँले सो कार्य सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। उक्त प्रतिबद्धता अनुसार प्रखाल निर्माण सम्पन्न भएपछि स्थानीय बासिन्दाहरू हर्षित भएका छन्।

यसै अवसरमा वीरगन्ज महानगरपालिका वडा नं. ३१ बेलवास्थित रामजानकी मन्दिर व्यवस्थापन समितिले एक कार्यक्रमको आयोजना गरेको थियो। कार्यक्रम उपप्रमुख इम्तियाज आलमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

कार्यक्रममा मन्तव्य राख्दै उपप्रमुख आलमले आफू सधैँ स्थानीय जनतासँगै रहेको उल्लेख गर्नुभयो। उहाँले समाजमा आपसी सद्भाव, सहकार्य र भाइचाराको भावना कायम गर्दै सुख–दुःख साटासाट गरेर बस्दै आएको बताउनुभयो। साथै, रामजानकी मन्दिरको विकास र सहयोगका लागि आफू सधैँ तत्पर रहने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।

कार्यक्रमको सभापतित्व पूर्व गाउँपालिका अध्यक्ष जोखन दासले गर्नुभएको थियो। कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नं. २ का सचिव हरि यादव, वीरगन्ज महानगरपालिका वडा नं. ३१ का वडा अध्यक्ष जितेन्द्र यादव, हैदर अंसारी, शेख अमरुल हसन लगायत स्थानीयहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

सम्बन्धित खबर

हरिखेतान क्याम्पसको विवाद हिंसात्मक : दुई पक्राउ, पठनपाठन प्रभावित

लक्की खबर

पुरानो रिसइबीमा दाजुभाइको हत्या, मुख्य आरोपीसहित ६ जना पक्राउ

लक्की खबर

व्यापारिक घरानाबाट ‘भू–माफिया’ छवितर्फ केडिया ? अर्बौंको सरकारी तथा निजी सम्पत्तिमाथि दाबी, प्रतिष्ठा जोगाउने कि विवादमा डुब्ने ?

लक्की खबर