Lucky-Khabar_

वीरगंज महानगरको १९औँ नगर अधिवेशन सम्पन्न वडाको कटौती गरिएको २५ प्रतिशत बजेट पुनः फिर्ता

वीरगंज । वीरगंज महानगरपालिकाको १९औँ नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले गत असोजमा सम्पन्न विशेष अधिवेशनबाट कटौती गरिएको वडातर्फको २५ प्रतिशत बजेट पुनः थप गर्ने प्रस्ताव पारित गरेको छ ।

गत भदौ २३/२४ गते जेन्जी आन्दोलनका क्रममा महानगरपालिकाका संरचनामा भएको क्षतिका कारण असोजमा विशेष अधिवेशन बोलाइएको थियो । उक्त विशेष अधिवेशनले पुनर्निर्माणलाई प्राथमिकता दिँदै वडाको बजेट समेत कटौती गरेको थियो ।

content ad p2

पुनर्निर्माणका लागि आवश्यक स्रोत व्यवस्थापन भइसकेकाले चालु आर्थिक वर्षका लागि १७औँ नगर अधिवेशनले छुट्याएको वडातर्फको बजेट यथावत् रहने गरी १९औँ अधिवेशनबाट निर्णय गरिएको महानगर प्रमुख राजेशमान सिंहले जानकारी दिनुभयो ।

अधिवेशनमा प्रमुख सिंहले चालु आर्थिक वर्षको हालसम्मको आय–व्यय विवरणसमेत प्रस्तुत गर्नुभयो । उहाँका अनुसार हालसम्म विनियोजन गरिएको कुल ३ अर्ब २२ करोड रुपैयाँमध्ये १ अर्ब १३ करोड रुपैयाँ खर्च भइसकेको छ, जुन कुल बजेटको करिब ३३ प्रतिशत हो । चालु खर्चतर्फ ३४.७८ प्रतिशत र पुँजीगत खर्चतर्फ ३२.६४ प्रतिशत खर्च भएको जानकारी पनि उहाँले दिनुभयो ।

महानगरपालिकाले चालु आर्थिक वर्षभित्रै शुलभ औषधि पसल सञ्चालन, प्रयोगशाला विस्तार तथा नगर अस्पताल सञ्चालनमा ल्याउने लक्ष्य लिएको पनि जानकारी गराइएको छ ।

अधिवेशनमा उपप्रमुख इम्तियाज आलम, प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्ण, ३२ वटै वडाका वडाध्यक्ष, वडा सदस्यलगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित खबर

हेलिकप्टरमार्फत गाउँ ल्याइयो गणेश यादवको शव, आजै हिन्दु परम्पराअनुसार अन्त्येष्टि

लक्की खबर

हमासको हतियार बिसाउने सहमतिलाई पाकिस्तानको स्वागत

लक्की खबर

भारतीय अभिनेता विक्रान्त मास्से काठमाडौंमा

लक्की खबर