काठमाडौं | आइतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ हजार १०० रुपैयाँले घटेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मूल्य घटेपछि सुन प्रतितोला २ लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ६२ हजार ५०० रुपैयाँ पुगेको थियो।
सुनसँगै चाँदीको मूल्य पनि घटेको छ। चाँदी प्रतितोला २५ रुपैयाँले घटेर ४ हजार ५०० रुपैयाँ कायम भएको छ। शुक्रबार चाँदी प्रतितोला ४ हजार ५२५ रुपैयाँमा कारोबार भएको थियो।


