Lucky-Khabar_

समीक्षा र रञ्जुसहित विवेकशील साझाका सात नेता रास्वपाको केन्द्रीय समितिमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संगठन सुदृढीकरण र एकता प्रक्रियालाई अगाडि बढाउँदै विवेकशील साझा पार्टीबाट आएका सात जना प्रभावशाली नेताहरूलाई केन्द्रीय समिति सदस्यमा मनोनित गरेको छ।

content ad p2

आइतबार बसेको केन्द्रीय समितिको बैठकले पार्टी समायोजनसम्बन्धी सहमति अनुसार उनीहरूलाई जिम्मेवारी दिने निर्णय गरेको हो। गत मंसिर १४ गते रास्वपा र विवेकशील साझाबीच भएको एकतालाई संस्थागत रूप दिन यो निर्णय लिइएको पार्टी प्रवक्ता मनिष झाले जानकारी दिनुभयो।

केन्द्रीय समितिमा मनोनित हुनेमा विवेकशील साझाकी पूर्व अध्यक्ष समीक्षा बास्कोटा, नेतृ रञ्जु दर्शनासहित प्रकाशचन्द्र परियार, सुरज प्रधान, नवराज थापा, आशुतोष प्रधान र धनेज थापा रहेका छन्। वैकल्पिक राजनीतिमा अनुभव हासिल गरेका यी नेताहरूको सहभागिताले रास्वपाको नीति निर्माण, संगठन विस्तार र आगामी निर्वाचन रणनीतिमा थप ऊर्जा पुग्ने विश्वास पार्टीले व्यक्त गरेको छ।

लामो समयदेखि विवेकशील साझामा सक्रिय रहेका यी नेताहरूलाई रास्वपाको मूलधारमा समेटिँदा वैकल्पिक शक्तिहरूबीचको सहकार्यले नयाँ दिशा लिएको देखिएको छ। सभापति रवि लामिछाने हिरासतबाट फर्किएपछि बसेको उक्त बैठकले पार्टी समायोजनलाई प्राथमिकतामा राख्दै अन्य साना दल र समूहहरूलाई समेत समेट्ने कार्यदिशा तय गरेको छ।

सात नेताको मनोनयनसँगै रास्वपाको केन्द्रीय समिति विस्तार भएको छ भने यसले वैकल्पिक राजनीतिमा विश्वास गर्ने युवा वर्गलाई सकारात्मक सन्देश दिएको पार्टीको ठहर छ। बैठकले आगामी महाधिवेशन र आसन्न निर्वाचनको तयारीमा यी नयाँ सदस्यहरूको भूमिका महत्वपूर्ण हुने निष्कर्ष पनि निकालेको छ।

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर