Lucky-Khabar_

नेशनल मेडिकल कलेज र प्याब्सन पर्साबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता

वीरगञ्ज । नेशनल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल प्रा.लि. र प्राइभेट एण्ड बोर्डिङ स्कूल्स अर्गनाइजेसन नेपाल (प्याब्सन), पर्साबीच स्वास्थ्य सेवा सहकार्यसम्बन्धी महत्वपूर्ण सम्झौता सम्पन्न भएको छ। उक्त सम्झौता २०८२ साल पुस २० गते नेशनल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलको केन्द्रीय कार्यालय, वीरगञ्ज–१५, पर्सामा औपचारिक रूपमा हस्ताक्षर भएको हो।

content ad p2

सम्झौताअनुसार प्याब्सन पर्सासँग आबद्ध विद्यालयका बोर्ड सदस्य, कर्मचारी तथा उनीहरूका प्रत्यक्ष आश्रित परिवारजनले नेशनल मेडिकल कलेजमार्फत विशेष स्वास्थ्य सेवा सुविधा प्राप्त गर्नेछन्। सहकार्यअन्तर्गत आकस्मिक तथा आपतकालीन उपचार, क्यासलेस तेस्रो पक्ष बीमा सेवा, चिकित्सकद्वारा अन–साइट क्लिनिक सञ्चालन, वेलनेस तथा स्वास्थ्य परीक्षण प्याकेजलगायत सेवामा विशेष सहुलियत प्रदान गरिने व्यवस्था गरिएको छ।

त्यसैगरी ओपीडी टिकट, जनरल बेड, आईसीयू, एनआईसीयू, पीआईसीयू सेवा, शल्यक्रिया, प्याथोलोजी परीक्षण, भिडियो एक्स–रे, एक्स–रे, ईसीजी, इको, टीएमटी, सिटी स्क्यान, एमआरआई तथा ओपीडी र आईपीडी फार्मेसी सेवामा पनि विशेष छुट उपलब्ध गराइने उल्लेख छ।

सम्झौतामा नेशनल मेडिकल कलेज प्रा.लि.का तर्फबाट एडमिसन अफेयर्स तथा मार्केटिङ निर्देशक अबिद हुसेन अन्सारी र प्याब्सन पर्साका तर्फबाट अध्यक्ष सरोज प्रसाद चौधरीले हस्ताक्षर गर्नुभएको हो। सम्झौता एक वर्षका लागि लागू हुने र आपसी सहमतिमा नवीकरण गर्न सकिने जनाइएको छ।

कार्यक्रममा प्याब्सनको तर्फबाट राज्य नीति तथा योजना आयोगका सदस्य डा. हरिशङ्कर साह, साउथ जोन स्कूलका गेम को–अर्डिनेटर हासिम अन्सारीको उपस्थिति रहेको थियो। यस्तै नेशनल मेडिकल कलेजको तर्फबाट चीफ इन्फर्मेसन अफिसर इञ्जिनियर प्रदीप कुमार चौधरी तथा मार्केटिङ म्यानेजर जितेश चन्द्र दास सहभागी हुनुहुन्थ्यो।

दुवै संस्थाबीच भएको यो सहकार्यले शैक्षिक क्षेत्रसँग आबद्ध व्यक्तिहरूलाई गुणस्तरीय, सुलभ र प्रभावकारी स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्दै संस्थागत सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ।

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर