Lucky-Khabar_

ऋणको तनावमा बैंकभित्र आत्मदाहको प्रयास, कर्मचारीमाथि समेत पेट्रोल छर्किए

काठमाडौं । आर्थिक संकट र ऋण तिर्ने दबाबका कारण सुनसरीको इटहरीस्थित एक बैंकमा ऋणीले आत्मदाहको प्रयास गरेका छन्।

content ad p2

सोमबार दिउँसो एनआईसी एशिया बैंकको इटहरी शाखामा लालबहादुर पौडेल नाम गरेका व्यक्तिले बैंक परिसरमै पेट्रोल छर्किएर आत्मदाह गर्ने प्रयास गरेका हुन्। उनले आफूलाई मात्र होइन, त्यहाँ कार्यरत बैंकका कर्मचारीहरूमाथि समेत पेट्रोल प्रहार गरेपछि केही समय बैंकभित्र तनावपूर्ण अवस्था सिर्जना भएको थियो।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार पौडेलले उक्त बैंकबाट करिब १ करोड रुपैयाँ ऋण लिएका थिए। पछिल्लो ५ देखि ७ महिनादेखि ब्याज भुक्तानी गर्न नसकेपछि बैंकले छलफलका लागि बोलाएको र त्यसै क्रममा उनी पूर्वनियोजित रूपमा पेट्रोल बोकेर बैंक पुगेको खुलेको छ।

घटना लगत्तै सुरक्षाकर्मीले हस्तक्षेप गरी उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय इटहरीमा राखिएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काका अनुसार घटनाको गम्भीरतालाई मध्यनजर गर्दै बैंकका कर्मचारीहरूलाई समेत सोधपुछका लागि बोलाइएको छ। ऋणको बोझ र निरन्तर ताकेताले व्यक्तिको मानसिक अवस्थामा गहिरो असर पार्न सक्ने यो घटनाले देखाएको प्रहरीले जनाएको छ। घटनासम्बन्धी थप अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाइएको छ।

सम्बन्धित खबर

देवानगञ्ज घटनामा मृतकका परिवार र सरकारबीच ७ बुँदे सहमति

लक्की खबर

सभापति अजय सर्राफको पहलमा वीरगञ्जको जग्गा वर्गीकरण फाइल भूमि प्रशासन कार्यालय, पर्सामा दर्ता

लक्की खबर

देवानगञ्ज घटनापछि लहानमा तनाव, स्थिति नियन्त्रण गर्न प्रहरीले गर्‍यो हवाई फायर

लक्की खबर