Lucky-Khabar_

वीरगञ्जमा छुरा प्रहार:गाइते अस्पतालमा

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१६ मा दुई जना किशोरमाथि छुरा प्रहार भएको छ। घटनामा सोही वडाका वीरज महतो र विकासकुमार महतो घाइते भएका छन्।

घाइते किशोरहरूको भनाइ अनुसार सडक छेउमा आगो ताप्दै बसेका बेला एक समूहमा आएका अपरिचित व्यक्तिहरूले अचानक कुटपिट गर्दै छुरा प्रहार गरेका थिए।

content ad p2

छुरा प्रहारबाट घाइते भएका दुवै जनालाई स्थानीयवासीको सहयोगमा उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पताल लगिएको थियो। अस्पताल स्रोतका अनुसार उनीहरूको उपचार जारी छ र दुवैको अवस्था सामान्य रहेको छ।

घटनाको जानकारी पाएलगत्तै नेपाल प्रहरी घटनास्थल पुगेको र आक्रमणमा संलग्न व्यक्तिहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। आक्रमणको कारण खुल्न बाँकी रहेको जनाउँदै प्रहरीले संलग्न समूहको पहिचानका लागि आसपासका क्षेत्रमा निगरानी बढाइएको जानकारी दिएको ।

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर