Lucky-Khabar_

सार्क पत्रकार मञ्च नेपाल च्याप्टरद्वारा प्रदेश संयोजक मनोनी

 

काठमाडौं । सार्क पत्रकार मञ्च (सार्क जर्नलिस्ट फोरम इन्टरनेशनल) ले नेपाल च्याप्टरअन्तर्गत विभिन्न प्रदेशका पत्रकारहरूलाई प्रदेश शाखा संयोजकमा मनोनीत गरेको छ।

मञ्चले मधेश प्रदेशको संयोजकमा मो. सद्दाब, बागमती प्रदेशमा राजु नापित, सुदूरपश्चिम प्रदेशमा करण ताम्राकार, कर्णाली प्रदेशमा युवराज शर्मा, लुम्बिनी प्रदेशमा दशरथ घिमिरे, गण्डकी प्रदेशमा रुद्र श्रेष्ठ मगर तथा कोशी प्रदेशमा भोला श्रेष्ठलाई मनोनीत गरेको हो। उक्त जानकारी सार्क जर्नलिस्ट फोरम इन्टरनेशनलका अन्तर्राष्ट्रिय अध्यक्ष राजु लामाले दिएका छन्।

मधेश प्रदेश संयोजकमा मनोनीत मो. सद्दाब मलिकले छिट्टै नै प्रदेशस्तरीय कार्यसमिति विस्तार गरिने बताएका छन्।

मनोनीतिसम्बन्धी कार्यक्रममा सार्क जर्नलिस्ट फोरम इन्टरनेशनलका अन्तर्राष्ट्रिय अध्यक्ष राजु लामा, महासचिव अब्दुल रहमानलगायतको सहभागिता रहेको थियो।

यसैबीच, भारतको बिहार राज्य अन्तर्गत नालन्दामा पुस २० र २१ गते अन्तर्राष्ट्रिय पत्रकार सम्मेलन सम्पन्न भएको छ। सार्क जर्नलिस्ट फोरम इन्टरनेशनल च्याप्टर बिहार, नालन्दा खुला विश्वविद्यालय, अमरपाली कला–साहित्य सम्मेलन तथा मानवअधिकार टुडे को संयुक्त आयोजनामा सम्मेलन गरिएको हो।

सम्मेलनका अवसरमा नेपालबाट सहभागी नृपेन्द्रलाल श्रेष्ठ, सद्दाब मलिक, दिपेन्द्र प्रजापति, सैलेश गुप्ता, अभिलाष गुप्ता, राजन कुमार सिंह र सुभास रामलाई पत्रकारिता क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ।

content ad p2

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर