Lucky-Khabar_

अजय द्विवेदी र सुशील साह कानु रास्वपामा प्रवेश,पर्साको १ र २ मा चुनावी प्रतिस्पर्धाको तयारी

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) का प्रभावशाली नेताहरूको प्रवेशको चर्चासँगै पर्साको राजनीतिक माहोल तातेको छ।

content ad p2

रास्वपाले सार्वजनिक गरेको सम्भावित उम्मेदवारहरूको सूचीमा कांग्रेस पर्साका पूर्व सभापति अजय द्विवेदी र जसपाबाट निर्वाचित वीरगंज महानगरपालिका वडा नं. १० का वडाध्यक्ष सुशील साह कानुको नाम समावेश भएपछि पार्टीभित्र र बाहिर दुवै ठाउँमा चासो र हलचल बढेको हो।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै द्विवेदी पर्सा निर्वाचन क्षेत्र नं. १ बाट र कानु पर्सा निर्वाचन क्षेत्र नं. २ बाट चुनावी प्रतिस्पर्धामा उत्रिने तयारीसहित रास्वपामा प्रवेश गरेको बुझिएको छ।आ–आफ्नो राजनीतिक पहुँच र प्रभावका आधारमा दुवै नेता रास्वपाबाट टिकट सुरक्षित गर्न सक्रिय देखिएका छन्। उनीहरूको पार्टी प्रवेशसँगै सम्भावित उम्मेदवारको सूचीमा नाम समावेश भएपछि पर्सामा नयाँ राजनीतिक समीकरणको चर्चा सुरु भएको छ।

पर्सा निर्वाचन क्षेत्र नं. १ बाट रास्वपाका जिल्ला अध्यक्ष बुद्धि प्रसाद पन्त (हरी पन्त) पनि उम्मेदवारीको तयारीमा छन्। तर बालेन साह समूहबाट अजय द्विवेदी पनि सोही क्षेत्रबाट उम्मेदवार बन्ने तयारीमा देखिएपछि टिकट कसले पाउने भन्ने विषयमा अन्योल उत्पन्न भएको छ।

त्यसैगरी, पर्सा निर्वाचन क्षेत्र नं. २ मा जिल्ला कार्यसमितिले प्रबेज अख्तरलाई उम्मेदवारका रूपमा अघि सारेको भए पनि जसपाबाट रास्वपा प्रवेश गरेका वडाध्यक्ष सुशील साह कानुलाई समेत बालेन पक्षबाट सिफारिस गरिएको बताइएको छ।यस विषयमा प्रतिक्रिया लिन अजय द्विवेदी र सुशील साह कानुसँग फोनमार्फत सम्पर्क गर्ने प्रयास गरिए पनि उनीहरूसँग सम्पर्क हुन सकेन।

सम्बन्धित खबर

सरकारलाई २४ घण्टे अल्टिमेटम, माग पूरा नभए विनय यादव आमरण अनशनमा बस्ने

लक्की खबर

प्रधानमन्त्री बालन शाहलाई भारत भ्रमणको निम्तो

लक्की खबर

स्वास्थ्यकर्मीमाथि आक्रमणको विरोधमा आन्दोलन चर्कियो, नारायणी अस्पतालका ६५ चिकित्सकको सामूहिक राजीनामा

लक्की खबर