Lucky-Khabar_

बालेन रणनीति झापा-५ मा : ३वटा घरबाट ३वटा काम

काठमाडौं । जेनजी आन्दोलनपछि चर्चामा आएका काठमाडौं महानगरका मेयर बालेन शाह आगामी २१ फागुनको निर्वाचनपछि प्रधानमन्त्री बन्ने लक्ष्यसहित चुनावी राजनीतिमा होमिने तयारीमा छन् । सोही उद्देश्यले उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता गर्दै झापा–५ बाट उम्मेदवारी दिने योजना बनाएका छन्, जहाँ एमाले अध्यक्ष केपी शर्मा ओली निर्वाचित हुँदै आएका छन् ।

content ad p2

बालेन माघ ४ गते मेयर पदबाट राजीनामा दिएर ६ गते झापाबाट उम्मेदवारी दर्ता गर्ने योजनामा छन् । माघ ५ गते रास्वपाको जनकपुर सभाबाट उनको चुनावी अभियान सुरु हुने बताइएको छ । रास्वपाले उनलाई ‘मधेशपुत्र’का रूपमा ब्रान्डिङ गर्दै मधेशबाट अभियान थालेको हो ।

झापामा बालेनको टिमले प्रविधि र सूक्ष्म मतदाता विश्लेषणमा आधारित रणनीति अघि सारेको छ । छुट्टै घर भाडामा लिएर सामाजिक सञ्जाल, फिल्ड टिम र राजनीतिक व्यवस्थापन अलग–अलग रूपमा सञ्चालन गरिनेछ । मतदाता वर्गीकरण, आन्तरिक सर्वेक्षण र एमाले असन्तुष्ट नेतासँग संवादमार्फत मत तान्ने रणनीति बालेन समूहको रहेको छ ।

सम्बन्धित खबर

देवानगञ्ज घटनामा मृतकका परिवार र सरकारबीच ७ बुँदे सहमति

लक्की खबर

सभापति अजय सर्राफको पहलमा वीरगञ्जको जग्गा वर्गीकरण फाइल भूमि प्रशासन कार्यालय, पर्सामा दर्ता

लक्की खबर

देवानगञ्ज घटनापछि लहानमा तनाव, स्थिति नियन्त्रण गर्न प्रहरीले गर्‍यो हवाई फायर

लक्की खबर