काठमाडौं । नेपाली कांग्रेसको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक आज बस्दैछ । विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन भइसकेपछि पहिलोपटक केन्द्रीय कार्यसमिति बैठक हुन लागेको हो

बैठक बिहान साढे ११ बजे काठमाडौंको नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा आयोजना गरिने तय भएको छ । विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वले शुक्रबार औपचारिक मान्यता पाएपछि आज पहिलो बैठक बस्न लागेको कांग्रेसले जनाएको छ ।
बैठकमा पार्टीका सबै पदाधिकारी तथा केन्द्रीय कार्यसमिति सदस्यहरुलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ । नयाँ नेतृत्वअन्तर्गत पार्टीको आगामी कार्यदिशा, संगठन विस्तार र समसामयिक राजनीतिक विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।


