Lucky-Khabar_

सातै प्रदेशमा दुई पूर्वमुख्यमन्त्री र पूर्वसभामुखसहित सांसद संघीय संसदकाे दौडमा

वीरगञ्ज, ४ माघ । मधेश प्रदेश सभाका सात जना सांसद संघीय संसद् (प्रतिनिधि सभा) निर्वाचनको तयारीमा जुटेका छन्। नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का ती सांसदहरूमध्ये दुई जना पूर्वमुख्यमन्त्री, एक जना पूर्वसभामुख तथा चार जना पूर्वमन्त्री रहेका छन्।

content ad p2


नेकपा एमालेले सप्तरी क्षेत्र नम्बर–२ बाट मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सतिशकुमार सिंहलाई प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरेको छ। सिंह हाल जनमत पार्टीबाट प्रदेश सांसदसमेत रहेका छन्।
यस्तै, धनुषा क्षेत्र नम्बर–१ बाट निवर्तमान प्रदेश सभामुख रामचन्द्र मण्डल र महोत्तरी क्षेत्र नम्बर–४ बाट निवर्तमान मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता सरोज यादवलाई पनि एमालेले प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाएको छ। पर्सा क्षेत्र नम्बर–३ बाट प्रदेश सांसद प्रमोद जयसवाललाई उम्मेदवार बनाउने निर्णयसमेत पार्टीले गरेको छ। भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री राजकुमार गुप्ता पुर्पक्षका लागि थुनामा रहेकाले उनको स्थानमा जयसवाललाई उम्मेदवार बनाइएको बताइएको छ।
उम्मेदवारी सिफारिस भएका सातै जना प्रदेश सांसद प्रत्यक्ष निर्वाचनमार्फत निर्वाचित भएका हुन्। उनीहरू प्रतिनिधि सभा निर्वाचनमा सहभागी हुन प्रदेश सभा सदस्य पदबाट राजीनामा दिने तयारीमा रहेका छन्।
उता, नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट संसदीय दलका नेता भरत प्रसाद साह महोत्तरी क्षेत्र नम्बर–४ बाट र युवराज भट्टराई ‘समिर’ रौतहट क्षेत्र नम्बर–४ बाट प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दिने भएका छन्।
यसैबीच, नेकपा परित्याग गरेका रहबर अंसारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट बारा क्षेत्र नम्बर–४ बाट चुनाव लड्ने योजना बनाएका छन्। स्रोतका अनुसार रास्वपाले उनलाई पर्सा क्षेत्र नम्बर–१ बाट समेत उम्मेदवार बनाउने तयारी गरिरहेको छ।
प्रदेश सभाको कार्यकाल बाँकी रहँदै संघीय संसद् निर्वाचनमा सहभागी हुन सांसदहरूले राजीनामा दिन लागेको विषयले मधेश प्रदेशको राजनीतिमा नयाँ बहस सुरु भएको छ।

सम्बन्धित खबर

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमको राष्ट्रिय समीक्षा सम्पन्न

लक्की खबर

पर्सा ट्राफिक प्रहरीको‘२ पाङ्ग्रे सवारी चालकसँग २ मिनेट’ अभियान, चालकलाई ट्राफिक नियमबारे सचेतना कार्यक्रम

लक्की खबर

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई राहदानी कसुर मुद्दामा पक्राउ

लक्की खबर