Lucky-Khabar_

पर्सा–१ का उम्मेदवार हरि पन्तद्वारा पर्सौनी बिर्तामा घरदैलो तथा मतदातासँग भेटघाट

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट पर्सा क्षेत्र नं.–१ का उम्मेदवार हरि पन्तले पर्सौनी बिर्ताका मतदाताहरूसँग प्रत्यक्ष भेटघाट तथा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।
आज वीरगंज महानगरपालिका वडा नं. २३ अन्तर्गत पर्सौनी बिर्तामा आयोजित घरदैलो कार्यक्रमको सुरुवात स्थानीय हनुमान मन्दिरमा पूजा–अर्चना गरेर गरिएको थियो। त्यसपछि कार्यक्रम वडाभित्रका विभिन्न टोलहरूमा सञ्चालन गरिएको थियो।

घरदैलोका क्रममा उम्मेदवार पन्तले स्थानीय नागरिकहरूसँग प्रत्यक्ष संवाद गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीको नीति, उद्देश्य तथा सुशासन, पारदर्शिता र जवाफदेहितामूलक राजनीतिक प्रतिबद्धताबारे जानकारी गराएका थिए। स्थानीय मतदाताहरूले पनि आफ्ना समस्या, जिज्ञासा र अपेक्षाहरू पन्तसमक्ष राखेका थिए।
राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी दिनहरूमा समेत जनस्तरसँग प्रत्यक्ष संवाद र सहभागितामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

content ad p2

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर