Lucky-Khabar_

इटालीसँग नेपाल १० विकेटले पराजित

बिरगंज| मुम्बईस्थित वाङ्खेडे स्टेडियममा जारी आइसीसी टी–२० विश्वकप २०२६ अन्तर्गतको दोस्रो खेलमा नेपाल इटालीसँग १० विकेटले पराजित भएको छ। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल १९.३ ओभरमै अलआउट हुँदै १२३ रनमा समेटियो।

content ad p2

नेपालले दिएको १२४ रनको लक्ष्य इटालीले कुनै पनि विकेट नगुमाई १२.४ ओभरमै सहजै पूरा गर्‍यो। विश्वकपमा पहिलो पटक सहभागी इटालीका लागि यो ऐतिहासिक पहिलो जित हो भने नेपालले लगातार दोस्रो हार बेहोरेको छ। यस नतिजाले नेपालको सुपर–८ पुग्ने सम्भावनामा ठूलो धक्का पुगेको छ।

इटालीका ओपनर जस्टिन मोस्का र एन्थोनी मोस्काले उत्कृष्ट प्रदर्शन गरे। जस्टिन ६० र एन्थोनी ६२ रनमा अविजित रहे। नेपालले ६ जना बलर प्रयोग गरे पनि एक विकेट समेत लिन सकेन।

नेपालका लागि आरिफ शेखले सर्वाधिक २७ रन बनाए। उनले २४ बलमा ३ चौका प्रहार गरे। आसिफ शेखले २०, कप्तान रोहित पौडेलले २३ तथा दीपेन्द्र सिंह ऐरीले १७ रन जोडे। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

१५.३ ओभरमा ५ विकेटको क्षतिमा १०० रन पुर्‍याएको नेपालले त्यसपछि सम्हालिन सकेन। थप २ रन जोड्दा ३ विकेट गुमाएको नेपाल अन्ततः १२३ रनमै अलआउट भयो। सन्दीप लामिछाने ५ रनमा क्याच आउट भए भने ललित राजवंशी अन्तिम विकेटका रूपमा रनआउट भए। करण केसी १८ रनमा अविजित रहे।

इटालीका कृसन कालुगामागेले ३ विकेट लिए। वेन मानेटीले २ विकेट हात पार्दा अली हसन, जे जे स्मुटुस र जसप्रित सिंहले समान १–१ विकेट लिए।

सम्बन्धित खबर

भारतीय एसएसबीले भत्कायो नेपाली भूमि सुस्तामा छिरेर निर्माणाधीन बाँध

लक्की खबर

रक्सौल आइपुग्यो युरिया मलको पहिलो खेप, आजै वीरगञ्ज भित्र्याइने तयारी

लक्की खबर

NRN युवती दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, इतिहासमा पहिलो गैरआवासीय नेपाली विजेता

लक्की खबर