Lucky-Khabar_

विदेश जानेलाई निःशुल्क भिसा र टिकट,जसपा नेपालको चुनावी घोषणापत्र

काठमाडौं | प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै जनता समाजवादी पार्टी नेपाल (जसपा) ले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष उपेन्द्र यादव ले घोषणापत्र सार्वजनिक गरेका हुन्।

content ad p2

जसपाले यसपटक ‘संघर्षसँगै समृद्धि’ नारा अघि सारेको छ। घोषणापत्रमार्फत नागरिकलाई गुणस्तरीय सेवा प्रदान गर्ने राज्य मोडल स्थापना गर्ने लक्ष्य राखिएको उल्लेख गरिएको छ। न्यायपूर्ण सेवा, समान अवसर र पारदर्शी शासनमार्फत नागरिकलाई राष्ट्र निर्माणमा सक्रिय बनाउने पार्टीको धारणा छ।

पार्टीले समावेशी लोकतान्त्रिक शासन प्रणाली स्थापना गर्दै लोककल्याणकारी राज्य र समतामूलक समाज निर्माण गर्ने प्रतिबद्धता जनाएको छ। समानतामा आधारित समावेशी समाजवादी लोकतान्त्रिक व्यवस्था स्थापना गर्नु नै आफ्नो मूल उद्देश्य रहेको घोषणापत्रमा उल्लेख छ।

वैदेशिक रोजगारीसम्बन्धी नीतिमा जसपाले विदेश जाने श्रमिकका लागि निःशुल्क भिसा र टिकटको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। वैदेशिक रोजगारीमा रहेका नागरिकको सुरक्षाको प्रत्याभूति गरिने तथा उनीहरूलाई सुरक्षित रोजगारी सुनिश्चित गरिने उल्लेख गरिएको छ।

त्यसैगरी, विदेशबाट फर्केका श्रमिकलाई उनीहरूले सिकेको सीपका आधारमा स्वदेशमै रोजगारीको अवसर उपलब्ध गराउने नीति पनि घोषणापत्रमा समेटिएको छ। आन्तरिक रोजगारी प्रवर्द्धन राज्यको प्रमुख दायित्व भएको उल्लेख गर्दै, स्वदेशमै रोजगारीको सुनिश्चितता नभएसम्म वैदेशिक रोजगारीमा जाने नागरिकका लागि सीप विकास, तालिम र आवश्यक खर्च रोजगारदाताबाट सुनिश्चित गरिनुपर्ने जसपाको धारणा छ।

पार्टीले वैदेशिक रोजगारीबाट आउने रेमिट्यान्स औपचारिक बैंकिङ प्रणालीमार्फत भित्र्याउनुपर्नेमा जोड दिँदै त्यसको महत्वपूर्ण हिस्सा श्रमिकको विकास र संरक्षणमा खर्च गर्नुपर्ने प्रस्ताव पनि अघि सारेको छ।

सम्बन्धित खबर

भारतीय एसएसबीले भत्कायो नेपाली भूमि सुस्तामा छिरेर निर्माणाधीन बाँध

लक्की खबर

रक्सौल आइपुग्यो युरिया मलको पहिलो खेप, आजै वीरगञ्ज भित्र्याइने तयारी

लक्की खबर

NRN युवती दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, इतिहासमा पहिलो गैरआवासीय नेपाली विजेता

लक्की खबर