Lucky-Khabar_

बंगलादेशमा राष्ट्रवादी पार्टी (बीएनपी)का ३५ बर्ष पछी पुरुष प्रधानमन्त्री बन्ने सम्भावना

काठमाडौं| बंगलादेशमा बिहीबार सम्पन्न संसदीय निर्वाचनमा बंगलादेश राष्ट्रवादी पार्टी (बीएनपी) ले स्पष्ट अग्रता हासिल गरेको छ। २९९ सिटमध्ये हालसम्म सार्वजनिक नतिजाअनुसार बीएनपीले १६५ सिट जितेको छ। यससँगै पूर्वप्रधानमन्त्री खालिदा जिया का छोरा तथा बीएनपी अध्यक्ष तारिक रहमान ३५ बर्ष पछी पुरुष प्रधानमन्त्री बन्ने सम्भावना बलियो बनेको छ। दुई निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गरेका रहमानले दुवै सिटमा विजय हासिल गरेका छन्।

content ad p2

जमात-ए-इस्लामी को नेतृत्वमा रहेको ११-दलीय गठबन्धनले हालसम्म ४५ सिट जितेको छ। जमातका प्रमुख शफिकुर रहमान ले ढाका–१५ क्षेत्रमा जीत निकालेका छन्। अन्य दल तथा स्वतन्त्र उम्मेदवारहरूले तीन सिट हात पारेका छन्।

समाचार तयार पार्दासम्म २०६ सिटको आधिकारिक नतिजा सार्वजनिक भइसकेको छ भने बाँकी मतगणना जारी रहेको छ।

सन् १९९१ देखि २०२४ सम्म पालैपालो सत्ता सञ्चालन गर्दै आएका तत्कालीन प्रधानमन्त्री शेख हसिना २०२४ अगस्टमा भएको विद्यार्थी आन्दोलनपछि भारत पलायन भएका थिए। त्यसपछि र खालिदा जियाको निधनपश्चात् मुहम्मद युनुस को नेतृत्वमा अन्तरिम सरकार गठन गरिएको थियो। सोही अन्तरिम सरकारले बिहीबार संसदीय निर्वाचन गराएको हो।

देशभरका करिब ३६ हजार मतदान केन्द्रमार्फत जनताले नयाँ सरकार चयनका लागि मतदान गरेका थिए। निर्वाचन परिणामले अब बंगलादेशले नयाँ प्रधानमन्त्री पाउने स्पष्ट संकेत दिएको छ।

सम्बन्धित खबर

भारतीय एसएसबीले भत्कायो नेपाली भूमि सुस्तामा छिरेर निर्माणाधीन बाँध

लक्की खबर

रक्सौल आइपुग्यो युरिया मलको पहिलो खेप, आजै वीरगञ्ज भित्र्याइने तयारी

लक्की खबर

NRN युवती दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, इतिहासमा पहिलो गैरआवासीय नेपाली विजेता

लक्की खबर