Lucky-Khabar_

पर्सामा रास्वपाको लहर : टोल–टोलबाट स्वस्फूर्त पार्टी प्रवेश

पर्सा जिल्लामा पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति आकर्षण उल्लेख्य रूपमा बढेको देखिएको छ। टोल–टोलका स्थानीयहरू स्वस्फूर्त रूपमा पार्टीका प्रतिनिधिहरू खोज्दै प्रवेश गर्न थालेका छन्।

content ad p2

रास्वपाका वरिष्ठ नेता बालेन साह को वीरगंज रोड–सो कार्यक्रमपछि वीरगंज क्षेत्रमा पार्टीको माहोल थप तातिएको स्थानीयहरू बताउँछन्। सोही प्रभावस्वरूप विभिन्न टोलका बासिन्दाहरू स्वतःस्फूर्त रूपमा रास्वपामा आबद्ध हुने वातावरण बनेको हो।
यसै क्रममा पर्सा क्षेत्र नं. १ अन्तर्गत शुक्रबार राति परवानिपुर र शनिबार बिहान भिस्वामा आयोजित दुई छुट्टाछुट्टै कार्यक्रममा ५०० भन्दा बढी विभिन्न पेशा–व्यवसायमा आबद्ध पेशाकर्मी, अभियन्ता तथा समाजसेवीहरू रास्वपामा प्रवेश गरेका छन्।

परवानिपुरमा स्थानीय अभियन्ता प्रदीप साहको नेतृत्वमा आयोजित कार्यक्रममा तथा भिस्वामा कृष्ण श्रेष्ठ, सन्देश श्रेष्ठ र राजेश श्रेष्ठको नेतृत्वमा सम्पन्न कार्यक्रममा उल्लेख्य संख्यामा व्यक्तित्वहरू पार्टीमा प्रवेश गरेका थिए। नवप्रवेशीहरूलाई रास्वपा पर्सा जिल्ला सभापति एवं पर्सा–१ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार हरि पन्तले स्वागत गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै सभापति पन्तले पुराना राजनीतिक दलप्रति असन्तुष्टि व्यक्त गर्दै आगामी निर्वाचनमा मतदाताले विवेकपूर्ण निर्णय लिनुपर्ने धारणा राखे। उनले परिवर्तनको पक्षमा उभिन आम नागरिकलाई आग्रह समेत गरे।

त्यसैगरी, शनिबार नै उम्मेदवार पन्तले गहवामा घरदैलो कार्यक्रम सञ्चालन गरी मतदातासँग भेटघाट गरेका थिए। घरदैलोका क्रममा स्थानीयहरूले टीका, माला तथा खादाले स्वागत गर्दै समर्थन जनाएका थिए। कार्यक्रममा उल्लेख्य जनसहभागिता रहेको आयोजकले जनाएको छ |

सम्बन्धित खबर

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमको राष्ट्रिय समीक्षा सम्पन्न

लक्की खबर

पर्सा ट्राफिक प्रहरीको‘२ पाङ्ग्रे सवारी चालकसँग २ मिनेट’ अभियान, चालकलाई ट्राफिक नियमबारे सचेतना कार्यक्रम

लक्की खबर

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई राहदानी कसुर मुद्दामा पक्राउ

लक्की खबर