Lucky-Khabar_

PMC Academy को वार्षिक समारोह भव्य रूपमा सम्पन्न

बिरगंज ।वीरगंज स्थित PMC Academy को वार्षिक समारोह शनिबार रामनारायण पैलेसमा भव्य रूपमा सम्पन्न भएको छ।

content ad p2

कार्यक्रममा एकेडेमीका प्रधानाध्यापक श्री प्रकाश यादव, इन्चार्ज श्री आशुतोष यादव, प्राध्यापकहरू, विद्यार्थी तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेशका कृषिमन्त्री रहनुभएको थियो भने विशिष्ट अतिथिका रूपमा प्रकाश उपाध्याय, शम्भु गुप्ता, नेपाली कांग्रेस का प्रदेश सदस्य राजेश गिरि, पत्रकार तथा अन्य मान्यजनहरूको उपस्थिति रहेको थियो।

समारोहमा विद्यार्थीहरूले बौद्धिक क्षमता अभिवृद्धि गर्ने विभिन्न प्रस्तुति, समाज सुधारसम्बन्धी सन्देशमूलक कार्यक्रम तथा मनोरञ्जनात्मक सांगीतिक प्रस्तुति प्रस्तुत गरेका थिए। विद्यार्थीहरूको कला, प्रतिभा र आत्मविश्वास झल्किने कार्यक्रमले उपस्थित दर्शकको मन जितेको थियो।

कार्यक्रमको सहजीकरण एकेडेमीका प्राध्यापक श्री अनुरुद्ध यादवले गर्नुभएको थियो। समग्रमा अनुशासन, उत्साह र सिर्जनशीलताले भरिएको उक्त वार्षिक समारोह सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ।

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर