काठमाडौं । खोटाङको केपीलासगढी गाउँपालिका–२ खार्तम्छास्थित बालाबेसीमा हेलिकोप्टर दुर्घटना भएको छ। काठमाडौंबाट खोटाङतर्फ उडेको एयर डाइनेस्टी एयरको हेलिकोप्टर अवतरणका क्रममा दुर्घटनामा परेको हो।

हेलिकोप्टरमा पाइलटसहित ६ जना सवार रहेको जनाइएको छ। अवतरण गर्ने क्रममा अचानक सन्तुलन गुमाउँदा हेलिकोप्टर जमिनमा खसेको स्थानीयवासीले बताएका छन्। दुर्घटनालगत्तै स्थानीयहरू घटनास्थलमा पुगेका थिए।

जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख डीएसपी प्रकाश बुढाथोकीले घटनाको पुष्टि गर्दै विस्तृत विवरण आउन बाँकी रहेको जानकारी दिए। उनका अनुसार प्रहरी टोली घटनास्थलतर्फ खटिएको छ।

दुर्घटनामा पाइलट सबिन थापासहित ६ जना सवारमध्ये काजी बहादुर राई घाइते भएका छन्। घाइतेको उद्धारका लागि काठमाडौंबाट अर्को हेलिकोप्टर पठाइएको प्रहरीले जनाएको छ।


