काठमाडौं । निर्वाचन आयोगले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनपछि समानुपातिकतर्फका ११० सांसदलाई प्रमाणपत्र प्रदान गरेको छ। निर्वाचन आयोगले ६ राजनीतिक दलका ११० समानुपातिक सांसदलाई आज आयोगको कार्यालयमा एक कार्यक्रम आयोजना गरी प्रमाणपत्र प्रदान गरेको हो । आयोगले गत सोमबार ११० जना समानुपातिक सांसदको सूची सार्वजनिक गरेको थियो ।

सार्वजनिक विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ५७, नेपाली कांग्रेसबाट २०, नेकपा एमालेबाट १६, नेपाली कम्युनिष्ट पार्टीबाट ९, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट चार-चार जना सांसद निर्वाचित भएका छन् । आयोगले निर्वाचनको मत परिणाम अनुसार निर्वाचित सांसदहरुको सूची राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाउँदै छ ।




