Lucky-Khabar_

कालो सुचिमा परेका बुद्धिप्रसाद पन्त गुल्मीका व्यवसायी भएको खुलासा,पर्साको हरि पन्तको बारेमा भ्रामक मात्र

वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य बुद्धिप्रसाद पन्त (हरि पन्त) कर्जा सूचना केन्द्रको कालोसूचीमा परेको भन्ने विषयमा केही सञ्चारमाध्यममा प्रकाशित समाचार तथ्यहीन र भ्रामक मात्र ।

नाम मिलेकै आधारमा पर्याप्त तथ्य जाँच नगरी बहालवाला सांसदको तस्बिरसहित समाचार प्रकाशन गरिनु गम्भीर त्रुटि भएको भन्दै यसले जनप्रतिनिधिको चरित्रमाथि प्रत्यक्ष असर पारेको देखिएको छ। उक्त समाचारप्रति प्रतिक्रिया जनाउँदै सांसद पन्तले आफू कुनै पनि बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा नरहेको स्पष्ट पारेका छन्। साथै, आफ्नो व्यक्तिगत तथा राजनीतिक छवि धुमिल्याउने उद्देश्यले यस्ता कपोलकल्पित समाचार फैलाइएको भन्दै उनले कडा खण्डन गरेका छन्।

सांसद पन्तको खण्डनपछि गरिएको थप अनुसन्धानले पनि प्रकाशित समाचारमा गम्भीर त्रुटि रहेको पुष्टि गरेको छ। कर्जा सूचना केन्द्रको वि.सं. २०७० फागुन १९ गतेको अभिलेखअनुसार कालोसूची नम्बर ५३१६ मा समावेश व्यक्ति पर्साका सांसद नभई अर्कै व्यक्ति रहेको पाइएको छ।

content ad p2

उक्त अभिलेखअनुसार कालोसूचीमा परेका व्यक्ति ‘सफल चुनढुङ्गा उद्योग’का सञ्चालक तथा गुल्मी निवासी बुद्धिप्रसाद पन्त हुन्, जसका पिताको नाम हरिलाल पन्त रहेको उल्लेख छ। एउटै नाम भएकै कारण फरक व्यक्तिको विवरणलाई पर्साका सांसदसँग जोडेर समाचार प्रकाशन गरिएको देखिएको छ।

सार्वजनिक व्यक्तित्वको छवि निर्माण गर्न लामो समय लाग्ने भए पनि अपुष्ट र भ्रामक सूचनाले क्षणभरमै त्यसमा गम्भीर क्षति पुर्‍याउन सक्छ। त्यसैले तथ्य पुष्टि नगरी व्यक्तिको प्रतिष्ठामा असर पार्ने गरी समाचार सम्प्रेषण नगर्न सञ्चारमाध्यमहरू अझ जिम्मेवार र संवेदनशील बन्नुपर्ने आवश्यकता देखिएको छ।

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर