Lucky-Khabar_

विभूति एकेडेमीको १८औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

राम आर्य
वीरगञ्ज पर्साको। वीरगञ्ज महानगरपालिका–१५ भिष्वास्थित विभूति एकेडेमीले आफ्नो १८औं वार्षिकोत्सव (एनुअल प्रोग्राम) भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रम वीरगञ्जस्थित रोयल पार्टी प्यालेसमा आयोजना गरिएको थियो।

content ad p2

कार्यक्रममा एकेडेमीका प्रिन्सिपल श्री होरिल साहको अध्यक्षता रहेको थियो भने अतिथिहरूमा प्रमोद माझी,सोनालाल पटेल र राम आर्यको उपस्थिति रहेको थियो। साथै विद्यार्थीहरू र अभिभावकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य डा. नन्दन यादवले आफ्नो मन्तव्य राख्दै विद्यार्थीको सफलताको लागि घरपरिवारको भूमिका अत्यन्त महत्वपूर्ण हुने बताएका थिए। उनले अभिभावक स्वयं अनुशासित भई आफ्ना बालबालिकालाई राम्रो संस्कार र अनुशासन सिकाउन आवश्यक रहेकोमा जोड दिएका थिए।

उक्त अवसरमा शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई अतिथिहरूद्वारा पुरस्कार वितरण गरिएको थियो। कार्यक्रम विविध सांस्कृतिक प्रस्तुति तथा विद्यार्थीहरूको प्रतिभा प्रदर्शनसहित सम्पन्न भएको थियो।

सम्बन्धित खबर

सभापति अजय सर्राफको पहलमा वीरगञ्जको जग्गा वर्गीकरण फाइल भूमि प्रशासन कार्यालय, पर्सामा दर्ता

लक्की खबर

देवानगञ्ज घटनापछि लहानमा तनाव, स्थिति नियन्त्रण गर्न प्रहरीले गर्‍यो हवाई फायर

लक्की खबर

धर्मभन्दा माथि राष्ट्रिय एकता : संसदमा नेता रहबर अन्सारीको सन्देश

लक्की खबर