Lucky-Khabar_

सरकार गठनअघि नै बालेनलाई नेविसंघ अध्यक्षको चेतावनी

काठमाडौँ । नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले विद्यार्थी संगठन खारेज गर्ने चर्चा चलिरहेका बेला सम्भावित प्रधानमन्त्री बालेन शाहलाई कडा चेतावनी दिएका छन्।

content ad p2

शेर्पाले विद्यार्थी संगठनहरू हटाउने प्रयास नगर्न आग्रह गर्दै यस्तो कदम चालिए त्यसले गम्भीर परिणाम निम्त्याउने बताएका छन्। उनका अनुसार विद्यार्थीको हकहितका लागि निरन्तर आवाज उठाउँदै आएका संगठनहरू खारेज गर्नु उचित नहुने बताए।

उनले विगतमा रवि लामिछाने लगायतलाई सार्वजनिक अभिव्यक्ति दिने वातावरण निर्माणमा पनि नेविसंघको भूमिका रहेको दाबी गरे। साथै, विद्यार्थी संगठनको आवश्यकतालाई सर्वोच्च अदालतले समेत स्वीकार गरिसकेको उल्लेख गर्दै उनले यस्तो संरचना कमजोर पार्ने कदम नचाल्न चेतावनी दिएका हुन्।

“विद्यार्थी संगठन खारेज गर्नु आगोसँग खेल्नुजस्तै हो, यस्तो निर्णयले गम्भीर असर पार्न सक्छ,” उनले भने।

सम्बन्धित खबर

सभापति अजय सर्राफको पहलमा वीरगञ्जको जग्गा वर्गीकरण फाइल भूमि प्रशासन कार्यालय, पर्सामा दर्ता

लक्की खबर

देवानगञ्ज घटनापछि लहानमा तनाव, स्थिति नियन्त्रण गर्न प्रहरीले गर्‍यो हवाई फायर

लक्की खबर

धर्मभन्दा माथि राष्ट्रिय एकता : संसदमा नेता रहबर अन्सारीको सन्देश

लक्की खबर