वीरगञ्ज । श्री झरिमाई महिला विकास समाज, वीरगञ्ज–१५ द्वारा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका चारै निर्वाचित सांसदहरूलाई स्वागत तथा सम्मान गरिएको छ। कार्यक्रममा क्षेत्र नं. १ का हरि पन्त, क्षेत्र नं. २ का सुशील सश, क्षेत्र नं. ३ का रामाकान्त चौरसिया र क्षेत्र नं. ४ का टेक बहादुर शाक्यलाई सम्मान गरिएको हो।


कार्यक्रम संस्थाकी अध्यक्ष आर्य शशिकला (प्रिया) राउतको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथिका रूपमा रास्वपाका केन्द्रीय सदस्य डा. नन्दन यादवको उपस्थिति र विशेष अथिति रास्वपा पर्साको उपसभापति तथा कार्यवाहक सभापति तुलसा अधिकारी रहेका थिए ।
कार्यक्रममा बोल्दै रास्वपा पर्सा जिल्ला अध्यक्ष तथा क्षेत्र नं. १ का निर्वाचित सांसद हरि पन्तले समाज सुधारमा महिलाहरूको भूमिका महत्वपूर्ण रहने बताउनुभयो। उहाँले यस्ता संस्थाहरूले समुदायमा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो।

उक्त कार्यक्रममा संस्थाकी उपाध्यक्ष गिनी मिश्रा, कोषाध्यक्ष मौनजा चौधरी, सचिव सुमन यादव, सहसचिव रिता यादव तथा सदस्यहरू बबिता देवी धोबी, निलाम यादव, मोहिनी यादव र मिना पोखरेलको उपस्थिति रहेको थियो।
त्यसैगरी, धोबिनी गाउँपालिकाका पूर्व अध्यक्ष सुरेश राउत कुर्मी, रास्वपा मधेश शिक्षा प्रमुख सबु कटेल, जिल्ला सचिव सुदिश प्रजापति, कोषाध्यक्ष दिलीप कुर्मी, क्षेत्र नं.१ का क्षेत्रीय सभापति राम आर्य तथा अन्य पदाधिकारीहरु,क्षेत्र नं. २ का फैयाज आलम, क्षेत्र नं. ३ का जितेन्द्र मिश्रा लगायत अन्य बुद्धिजीवी तथा सरोकारवालाहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागीहरूले महिला सशक्तीकरण तथा समाज विकासमा यस्ता कार्यक्रमहरूको आवश्यकता औंल्याउँदै संस्थाको प्रयासको प्रशंसा गरेका थिए।


