Lucky-Khabar_

मालपोत कार्यालय पोखरियाको राजश्व ८ करोड नाघ्यो, सेवा प्रवाहमा सुधार

पर्सा । आर्थिक वर्ष २०८२/०८३ मा मालपोत कार्यालय पोखरियाले उल्लेखनीय राजश्व संकलन गर्नुका साथै सेवा प्रवाहमा सुधार ल्याएको जनाएको छ। कार्यालयका अनुसार २०८२ साल वैशाख १ गतेदेखि चैत ८ गतेसम्म कुल ८ करोड १६ लाख ४९ हजार २६८ रुपैयाँ राजश्व संकलन भएको छ।

content ad p2

यस अवधिमा दृष्टिबन्धक लिखत १ हजार १६९ र राजीनामा लिखत १ हजार ९८२ गरी जम्मा ३ हजार १५१ लिखत पारित भएका छन्। ती लिखतबाट उल्लेख्य राजश्व संकलन भएको कार्यालयले जनाएको छ।

मुद्दा फाँटतर्फ भने जग्गा नामसारी ३००, दर्ता–खारेज (दा–खा) २१०, हालसाबिक १८०, संशोधन २० र फैसला ५ गरी कुल ७१५ वटा सेवा प्रदान गरिएको छ। यसबाट ३६ लाख २१ हजार १४८ रुपैयाँ राजश्व उठेको छ।

कार्यालयले लामो समयदेखि अड्किएको नगर विकास आयोजनाअन्तर्गतको जग्गा विवाद समाधान गर्दै सम्बन्धित किसानलाई जग्गा फिर्ता गर्ने प्रक्रिया समेत अगाडि बढाएको जनाएको छ।

स्थानीय सेवाग्राहीहरूले कार्यालयको सेवा प्रवाहप्रति सन्तुष्टि व्यक्त गरेका छन्। कालिकामाई गाउँपालिका–४ का शम्भु साहले सेवा सहज र प्रभावकारी भएको बताए। यस्तै पोखरिया नगरपालिका–१ का राजु बाबु गिरीले पछिल्लो समय कार्यशैलीमा सुधार आएको उल्लेख गरे। पकाहा मैनपुर गाउँपालिका–१ का वन कृष दासले बिचौलियाको प्रभाव घट्दै पारदर्शिता बढेको बताए।

पोखरिया नगरपालिका–४ का आजाद आलमले पनि कार्यालयको सेवा छिटो, व्यवस्थित र पारदर्शी भएको उल्लेख गर्दै कर्मचारीहरू सहयोगी र जिम्मेवार देखिएको प्रतिक्रिया दिए।

मालपोत कार्यालय पोखरियाले सेवाग्राहीमैत्री, छिटो र पारदर्शी सेवा प्रदान गर्न निरन्तर सुधारका प्रयास जारी राख्ने जनाएको छ।

सम्बन्धित खबर

देवानगञ्ज घटनामा मृतकका परिवार र सरकारबीच ७ बुँदे सहमति

लक्की खबर

सभापति अजय सर्राफको पहलमा वीरगञ्जको जग्गा वर्गीकरण फाइल भूमि प्रशासन कार्यालय, पर्सामा दर्ता

लक्की खबर

देवानगञ्ज घटनापछि लहानमा तनाव, स्थिति नियन्त्रण गर्न प्रहरीले गर्‍यो हवाई फायर

लक्की खबर