वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर ४ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य टेकबहादुर शाक्यले आफ्नो क्षेत्रमा एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई नगद पुरस्कार प्रदान गर्ने घोषणा गरेका छन्।

उनका अनुसार क्षेत्र नम्बर ४ अन्तर्गत रहेका ६ वटा पालिकाबाट प्रत्येक पालिकामा उत्कृष्ट अंकसहित एसईई उत्तीर्ण गर्ने एक–एक जना विद्यार्थीलाई जनही २१ हजार १११ रुपैयाँ पुरस्कार दिइनेछ।यसका साथै, सम्पूर्ण क्षेत्र नम्बर ४ मा सबैभन्दा उत्कृष्ट नतिजा ल्याउने एक जना विद्यार्थीलाई ५१ हजार १११ रुपैयाँसहित विशेष सम्मान गरिनेछ।

सांसद शाक्यले यस्तो कार्यक्रमले विद्यार्थीहरूको मनोबल बढाउनुका साथै शिक्षा क्षेत्रमा सकारात्मक प्रतिस्पर्धा र प्रोत्साहन अभिवृद्धि हुने विश्वास व्यक्त गरेका छन्।


