Lucky-Khabar_

अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गर्दै चैते छठ पर्व मनाइयो

काठमाडौं | अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गर्दै मंगलबार देशभर श्रद्धापूर्वक चैते छठ पर्व मनाइएको छ।

content ad p2

चतुर्थीदेखि सुरु भएको चारदिने चैते छठ उत्सवको मुख्य दिन षष्ठीका अवसरमा व्रतालुहरू साँझपख विभिन्न नदी, पोखरी तथा जलाशयमा पुगेर पानीमा उभिँदै अस्ताउँदो सूर्यको पूजा–आराधना गरेका हुन्।

यस दिन व्रतालुहरूले घरमा नै गहुँ र चामल कुटानी–पिसानी गरी तयार पारिएको पीठोबाट ठकुवा लगायतका परिकार बनाउने परम्परा छ। ती परिकार, फलफूल र मुला आदि सामग्री ढक्कीमा सजाएर परिवारसहित छठ घाटमा लगिन्छ।

सन्ध्याकालीन अर्घका क्रममा व्रतालुहरू सूर्य अस्ताउञ्जेलसम्म जलाशयमा उभिएर सूर्यदेवको आराधना गर्दै अर्घ अर्पण गर्ने परम्परा रहिआएको छ।

पारिवारिक सुख, शान्ति, समृद्धि, स्वास्थ्य लाभ र मनोकामना पूरा हुने विश्वासका साथ मनाइने यस पर्वका अवसरमा देशभरका जलाशयहरूमा भक्तजनको उल्लेख्य भीड देखिएको छ।

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर