Lucky-Khabar_

प्रधानमन्त्री बालेन साहको नेतृत्वमा शीतल निवासमा नवनियुक्त मन्त्रीहरूले पनि लिए शपथ

काठमाडौं । बालेन्द्र शाह (बालेन) को नेतृत्वमा गठन गरिएको नयाँ मन्त्रिपरिषद्का सदस्यहरूले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन्।

रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा १५ जना नवनियुक्त मन्त्रीलाई सामूहिक रूपमा शपथ गराउनुभयो। प्रधानमन्त्री बालेनकै उपस्थितिमा मन्त्रीहरूलाई जिम्मेवारी हस्तान्तरण भएसँगै नयाँ सरकार औपचारिक रूपमा कार्यान्वयनमा आएको छ।

content ad p2

मन्त्रिपरिषद्मा अर्थमन्त्रीका रूपमा स्वर्णिम वाग्ले, गृहमन्त्रीमा सुधन गुरुङ तथा परराष्ट्रमन्त्रीमा शिशिर खनाल नियुक्त भएका छन्। उनीहरूसहित राष्ट्रिय स्वतन्त्र पार्टीका अन्य प्रभावशाली नेताहरू पनि सरकारमा समेटिएका छन्।

शपथ ग्रहणपछि मन्त्रीहरू सिंहदरबारस्थित आफ्ना–आफ्ना मन्त्रालयमा पदबहालीका लागि पुगेका छन्। १८२ सिटको स्पष्ट बहुमतसहित गठन भएको यस मन्त्रिपरिषद्ले पहिलो बैठकबाटै महत्वपूर्ण निर्णयहरू सार्वजनिक गर्ने तयारी गरेको बताइएको छ।

शाह नेतृत्वको नयाँ मन्त्रिपरिषद्मा नियुक्त मन्त्रीहरू र उनीहरूको जिम्मेवारी यसप्रकार छ:

बालेन्द्र शाह (बालेन): प्रधानमन्त्री (रक्षा र उद्योग मन्त्रालय समेत)

डा. स्वर्णिम वाग्ले: अर्थमन्त्री

सुधन गुरुङ: गृहमन्त्री

शिशिर खनाल: परराष्ट्रमन्त्री

सुनिल लम्साल: भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री

विराजभक्त श्रेष्ठ: ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री

खड्कराज पौडेल (गनेश): संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री

सस्मित पोखरेल: शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद मन्त्री

निशा मेहता: स्वास्थ्य तथा जनसंख्या मन्त्री

विक्रम तिमिल्सिना: सञ्चार तथा सूचना प्रविधि मन्त्री

प्रतिभा रावल: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री

दीपक साह (महोत्तरी): श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री

सोविता गौतम: कानुन, न्याय तथा संसदीय मामिला मन्त्री

सीता वादी: महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री

गीता चौधरी: कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरण मन्त्री

सम्बन्धित खबर

हेलिकप्टरमार्फत गाउँ ल्याइयो गणेश यादवको शव, आजै हिन्दु परम्पराअनुसार अन्त्येष्टि

लक्की खबर

हमासको हतियार बिसाउने सहमतिलाई पाकिस्तानको स्वागत

लक्की खबर

भारतीय अभिनेता विक्रान्त मास्से काठमाडौंमा

लक्की खबर