
काठमाडौं । नेपाल सरकारको सम्भावित नयाँ मन्त्रिपरिषद्को सूची यतिबेला सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल भइरहेको छ। उक्त सूचीअनुसार बालेन शाहलाई प्रधानमन्त्रीको रूपमा प्रस्ताव गरिएको देखिन्छ।
सूचीमा अर्थ मन्त्रालयको जिम्मेवारी स्वर्णिम वाग्लेलाई दिइएको छ भने परराष्ट्र मन्त्रीका रूपमा शिशिर खनालको नाम उल्लेख गरिएको छ। त्यसैगरी, गृहमन्त्रीमा सुदन गुरुङ प्रस्तावित छन्।
अन्य मन्त्रालयहरूमा पनि नयाँ तथा चर्चित अनुहारहरू समावेश गरिएको छ। सामान्य प्रशासन मन्त्रीमा प्रतिभा रावल, पर्यटन मन्त्रीमा गणेश पौडेल, उद्योग मन्त्रीमा अमरेश सिंह तथा भौतिक पूर्वाधार मन्त्रीमा सुनिल लम्साललाई राखिएको छ।
कृषि मन्त्रीमा गीता चौधरी, शिक्षा मन्त्रीमा सस्मित पोखरेल र स्वास्थ्य मन्त्रीमा निशा मेहता प्रस्तावित छन्। महिला, बालबालिका मन्त्रालयमा सीता वादी र कानुन मन्त्रालयमा सोबिता गौतमको नाम समावेश गरिएको छ।
यसैगरी, ऊर्जा मन्त्रीमा विराजभक्त श्रेष्ठ तथा सञ्चार मन्त्रीमा विक्रम तिमिल्सिनालाई जिम्मेवारी दिने सूचीमा उल्लेख छ।
तर, यो सूची हालसम्म आधिकारिक रूपमा पुष्टि भएको छैन। सम्बन्धित निकायले कुनै औपचारिक निर्णय सार्वजनिक नगरेको हुँदा यसलाई “सम्भावित” वा “अनौपचारिक” सूचीका रूपमा मात्र हेरिएको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार यस्तो सूचीले जनतामा चासो र बहस बढाएको छ भने आगामी दिनमा हुने राजनीतिक समीकरणबारे विभिन्न अड्कलबाजीहरू समेत सुरु भएका छन् |



