Lucky-Khabar_

यो प्रतिशोध होइन न्यायको सुरुवात हो: गृहमन्त्री गुरुङ

काठमाडौँ । मुलुकको राजनीतिमा पछिल्लो समय आएको नाटकीय मोडबीच नवनियुक्त गृहमन्त्री सुधन गुरुङ ले “कानुनभन्दा माथि कोही नहुने” स्पष्ट सन्देश दिएका छन्।

content ad p2

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै गुरुङले उक्त कदम प्रतिशोध नभई न्यायको प्रक्रिया सुरु भएको बताएका हुन्।

प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले ‘जेनजी आन्दोलन’ दमनसम्बन्धी छानबिनका लागि गठन गरिएको आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेसँगै आज बिहान दुवै नेतालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

गृहमन्त्री गुरुङले फेसबुकमा लेखेका छन्, “PROMISE IS A PROMISE: कानुनभन्दा माथि कोही छैन। पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीलाई नियन्त्रणमा लिएका छौँ। यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो।”

उनले सरकार सुशासन, कानुनी शासन र जवाफदेहिताप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै देश अब नयाँ दिशातर्फ अघि बढ्ने विश्वास व्यक्त गरेका छन्।

गृह मन्त्रालय स्रोतका अनुसार आयोगको प्रतिवेदनमा ‘लापरबाही र हेलचेक्र्याइँका कारण ज्यान गएको’ भन्ने निष्कर्षसहित फौजदारी अनुसन्धान अघि बढाइएको हो।

यस घटनाले राजनीतिक क्षेत्रमा ठूलो तरंग सिर्जना गरेको छ। सरकार पक्षले यसलाई विधिको शासनको अभ्यासका रूपमा प्रस्तुत गरेको छ भने विपक्षी दलहरूले भने यसलाई राजनीतिक पूर्वाग्रहको रूपमा व्याख्या गरेका छन्। हाल दुवै नेतामाथि अनुसन्धान जारी रहेको छ।

सम्बन्धित खबर

हेलिकप्टरमार्फत गाउँ ल्याइयो गणेश यादवको शव, आजै हिन्दु परम्पराअनुसार अन्त्येष्टि

लक्की खबर

हमासको हतियार बिसाउने सहमतिलाई पाकिस्तानको स्वागत

लक्की खबर

भारतीय अभिनेता विक्रान्त मास्से काठमाडौंमा

लक्की खबर