Lucky-Khabar_

पूर्व मन्त्री दीपक खड्का पक्राउ

काठमाडौं । पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का पक्राउ परेका छन्।

content ad p2

आज बिहान केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) ले नेपाली कांग्रेसका नेता खड्कालाई नियन्त्रणमा लिएको हो। प्रारम्भिक जानकारीअनुसार उनी जेनजी आन्दोलनका क्रममा घरमा भेटिएको नगद रकम र नेपाल स्काउट को जग्गासम्बन्धी विवादमा मुछिएको आरोपमा पक्राउ परेका हुन्।

प्रहरी स्रोतका अनुसार खड्कामाथि आर्थिक अनियमितता र सार्वजनिक सम्पत्तिसम्बन्धी विषयमा अनुसन्धान भइरहेको छ। उनलाई थप सोधपुछका लागि हिरासतमा राखिएको जनाइएको छ।

यस विषयमा विस्तृत अनुसन्धान जारी रहेकाले थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

हेलिकप्टरमार्फत गाउँ ल्याइयो गणेश यादवको शव, आजै हिन्दु परम्पराअनुसार अन्त्येष्टि

लक्की खबर

हमासको हतियार बिसाउने सहमतिलाई पाकिस्तानको स्वागत

लक्की खबर

भारतीय अभिनेता विक्रान्त मास्से काठमाडौंमा

लक्की खबर