Lucky-Khabar_

वीरगञ्जमा हनुमान जन्मोत्सव भव्य शोभा यात्रा सम्पन्न

राम आर्य
वीरगञ्ज । हनुमान जन्मोत्सवको अवसरमा वीरगञ्जमा भव्य तथा ऐतिहासिक शोभायात्रा सम्पन्न भएको छ। विश्व हिन्दू परिषद् नेपाल वीरगञ्जको आयोजनामा हरेक वर्षझैँ यस वर्ष पनि आकर्षक रूपमा शोभायात्रा निकालिएको हो।

content ad p2

दिउँसो २ बजे घण्टाघरबाट सुरु भएको यात्रा माईस्थान मन्दिर, हनुमान मन्दिर, विर्तामाई मन्दिर, छप्कैया छठघाट, रेल्वे रोड, अमर चौक, पञ्चमुखी हनुमान मन्दिर, रामटोल तथा गहवा हुँदै पुनः घण्टाघरमा पुगेर समापन गरिएको थियो।

शोभायात्रामा वीरगञ्ज महानगरपालिकाका विभिन्न वडाबाट बाजागाजा, झाँकी तथा सांस्कृतिक टोलीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमलाई सभ्य, मर्यादित र व्यवस्थित बनाउन करिब २ हजार स्वयंसेवक परिचालन गरिएको आयोजकले जनाएको छ।

सुरक्षा व्यवस्थापनका लागि वीरगञ्ज महानगरपालिका, जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल लगायतका सुरक्षा निकायहरूले विशेष सतर्कता अपनाएका थिए।

पर्सा जिल्लाभरका विभिन्न हिन्दू संघसंस्था, क्लब तथा धार्मिक संस्थाहरूले पनि आ–आफ्नो क्षेत्रमा शोभायात्रा निकाल्दै उत्सव मनाएका थिए। गर्मी मौसमलाई ध्यानमा राख्दै यात्राका विभिन्न स्थानहरूमा खानेपानी, जुस, सरबत तथा बिस्कुट वितरणको व्यवस्था गरिएको थियो।

समग्रमा, यस वर्षको हनुमान जन्मोत्सव वीरगञ्जमा भव्य, शान्तिपूर्ण र उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ।

सम्बन्धित खबर

पचरौता नगरपालिकामा विद्यालयका लेखापालले शिक्षा शाखा सम्हालेको आरोप, प्रशासनिक प्रणालीमाथि प्रश्न

लक्की खबर

साउनको पहिलो सोमबार भाथाधाममा भक्तजनको घुइँचो

लक्की खबर

भारतीय एसएसबीले भत्कायो नेपाली भूमि सुस्तामा छिरेर निर्माणाधीन बाँध

लक्की खबर