Lucky-Khabar_

भारतबाट आयातित सामानमा भन्सार कडाइबारे सांसद सुशील शाह कानु र टेकबहादुर शाक्यको गुनासो, समाधानका लागि उच्चस्तरीय भेटघाट

  • काठमाडौँ ।   भारतबाट आयातित सामानमा भन्सार कडाइबारे सांसद सुशील शाह कानु र टेकबहादुर शाक्यको गुनासो, समाधानका लागि उच्चस्तरीय भेटघाट ।

 

content ad p2

भारतबाट नेपालतर्फ ल्याइने १०० रुपैयाँभन्दा बढी मूल्यका सामानमा अनिवार्य भन्सार प्रक्रिया लागू गरिँदा सर्वसाधारणले सास्ती खेप्नुपरेको भन्दै पर्सा क्षेत्रबाट व्यापक गुनासो आएको छ। सोही विषयलाई लिएर आज सत्तारूढ दलका अध्यक्ष रवि लामिछाने तथा गृहमन्त्री सुदन किराँती सँग संयुक्त रूपमा छलफल गरिएको छ।

  1. भेटघाटमा पर्सा क्षेत्रका सांसदहरू सुशील शाह कानु र टेकबहादुर शाक्य सहभागी थिए। छलफलका क्रममा सीमावर्ती क्षेत्रमा दैनिक उपभोग्य सामान ल्याउने नागरिकहरूलाई भोग्नुपरेको असहजता, झन्झट र आर्थिक बोझबारे गम्भीर रूपमा कुरा उठाइएको बताइएको छ।

सांसद शाक्यले आम नागरिकलाई धैर्य गर्न आग्रह गर्दै छिट्टै व्यावहारिक समाधान निकालिने विश्वास व्यक्त गरे। “यस विषयमा हामीले उच्च तहमा कुरा राखिसकेका छौं। समस्या समाधानका लागि सकारात्मक पहल भइरहेको छ,” उनले भने।

उनले हालको व्यवस्थाबाट जनतामा पर्न गएको असुविधाप्रति क्षमायाचना व्यक्त गर्दै सम्बन्धित निकायसँग समन्वय गरी छिट्टै सहज व्यवस्था मिलाइने प्रतिबद्धता जनाए।

सम्बन्धित खबर

हेलिकप्टरमार्फत गाउँ ल्याइयो गणेश यादवको शव, आजै हिन्दु परम्पराअनुसार अन्त्येष्टि

लक्की खबर

हमासको हतियार बिसाउने सहमतिलाई पाकिस्तानको स्वागत

लक्की खबर

भारतीय अभिनेता विक्रान्त मास्से काठमाडौंमा

लक्की खबर