काठमाडौं । काठमाडौंमा सवारी दुर्घटनामा गम्भीर घाइते भएका प्रहरी निरीक्षक अभय लामाको निधन भएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत रामेछापको लिखु तामाकोशी गाउँपालिकाका लामा गत चैत २९ गते काठमाडौंको तारकेश्वर नगरपालिका–८ डाँडागाउँ सडकखण्डमा ट्रकको ठक्करबाट गम्भीर घाइते भएका थिए। उपचारका क्रममा आज उनको निधन भएको नेपाल प्रहरीले जनाएको छ।
कर्तव्यपालनाका क्रममा दुर्घटनामा परी निधन भएका लामाप्रति प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन्।


