रौतहट ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रौतहट क्षेत्र नं. २ को क्षेत्रीय समीक्षा बैठक परोहा नगरपालिका–४, लौकाहामा सम्पन्न भएको छ। बैठकमा पार्टीका अगुवा कार्यकर्ता तथा पदाधिकारीहरू सहभागी भई विगतका गतिविधिको समीक्षा गर्दै आगामी रणनीतिबारे छलफल गरेका थिए।

कार्यक्रममा बोल्ने अधिकांश सहभागीहरूले विगतका कमी–कमजोरी औंल्याउँदै संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार तथा प्रभावकारी कार्यशैली अपनाउन सुझाव दिएका थिए। क्षेत्रीय सभापति ललन चौरसियाको अध्यक्षतामा सम्पन्न बैठकमा उठेका विभिन्न जिज्ञासा तथा प्रश्नहरूको जवाफ प्रदेश तथा जिल्ला तहका नेताहरूले दिएका थिए।
बैठकलाई सम्बोधन गर्दै रास्वपाको सांसद प्रत्याशी शेख सगिर आलमले पार्टीप्रति देखिएको जनसमर्थनलाई अझ सशक्त बनाउँदै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे। साथै उनले मतदाता तथा शुभेच्छुकहरूप्रति हार्दिक आभार प्रकट गरे।
उक्त कार्यक्रममा मधेश प्रदेश यातायात विभाग प्रमुख राम आर्य, प्रदेश उपाध्यक्ष सीता शाह, प्रवक्ता रजित राम, प्रदेश सल्लाहकार दिनेश राय यादव, प्रदेश गुनासो विभाग अध्यक्ष नरेन्द्रजी कुमार यादव, प्रदेश सदस्य राकेश दास,रैट संगठन विभाग रौतहट प्रमुख तथा जिल्ला सहसचिव, जिल्ला सभापति रामलखन पटेल, जिल्ला सभापति प्रदीप शाह, उपसभापति उपेन्द्र यादव तथा रास्वपा क्षेत्र दुईको उपसभापति विवेक पटेल लगायत नेता सागर गुप्ताको उपस्थिति रहेको थियो।
स्वतन्त्र सांसद प्रत्याशी फिरोज अख्तरका अनुसार बैठकले संगठनलाई थप सुदृढ बनाउँदै आगामी कार्यक्रमहरूलाई प्रभावकारी रूपमा अघि बढाउने निष्कर्ष निकालेको छ।



