Lucky-Khabar_

प्रहरीद्वारा साँखुमा लागूऔषध कारोबारी समाउने क्रममा गोली प्रहार

काठमाडौं । काठमाडौंको साँखु क्षेत्रमा लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीले गोली चलाएको छ।

content ad p2

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन कुमार भट्टराईका अनुसार लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले कारोबारी पक्राउ गर्ने क्रममा गोली प्रहार गरेको हो।

‘लागूऔषध कारोबारी समाउने क्रममा गोली चलाइएको भन्ने जानकारी आएको छ,’ उनले बताए।

हालसम्म कति राउन्ड गोली चलाइएको हो भन्नेबारे विस्तृत विवरण प्राप्त हुन सकेको छैन। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर