काठमाडौं । काठमाडौंको साँखु क्षेत्रमा लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीले गोली चलाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन कुमार भट्टराईका अनुसार लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले कारोबारी पक्राउ गर्ने क्रममा गोली प्रहार गरेको हो।
‘लागूऔषध कारोबारी समाउने क्रममा गोली चलाइएको भन्ने जानकारी आएको छ,’ उनले बताए।
हालसम्म कति राउन्ड गोली चलाइएको हो भन्नेबारे विस्तृत विवरण प्राप्त हुन सकेको छैन। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।


