Lucky-Khabar_

मा .तपेश्वर यादवद्वारा सिरहामा नव–निर्मित प्रशासकीय भवनको समुद्घाटन

सिरहा । शहीद नगर नगरपालिका  सिरहाको नव–निर्मित प्रशासकीय भवनको समुद्घाटन समारोह सफलतापूर्वक सम्पन्न भएको छ।

content ad p2

समारोहका प्रमुख अथिति रास्वपा मधेस  प्रदेश सभापति तथा माननीय ई . तपेश्वर यादव  रहेका थिए भनि अवसरमा स्थानीय जनप्रतिनिधि, कर्मचारी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। नयाँ प्रशासकीय भवन सञ्चालनमा आएसँगै नगरवासीले अब अझ सहज, छिटोछरितो र प्रभावकारी सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ।

नगरपालिकाले यस भवनमार्फत सेवा प्रवाहलाई थप व्यवस्थित, पारदर्शी र प्रविधिमैत्री बनाउने लक्ष्य लिएको जनाएको छ। साथै, यसले सुशासन प्रवर्द्धन गर्दै नगरको समग्र विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

उक्त कार्यक्रममा प्रमुख अथिति यादवले यो  प्रशासकीय भवन जनताको लागि बिसेष सेवा मुलक हुनेछ र जनताको गर्नुपर्ने कार्य सबै सहज रुपले गर्नेछ भनि आफ्नो मन्तव्यमा बताए । 

नयाँ प्रशासकीय भवन सञ्चालनमा आएसँगै नगरको समृद्धि र दिगो विकासतर्फ यो कदम महत्वपूर्ण तथा प्रेरणादायी बन्ने अपेक्षा गरिएको छ।

 

सम्बन्धित खबर

पर्सामा शान्ति–सुरक्षाबारे सर्वदलीय बैठक, सद्भाव कायम राख्न आग्रह

लक्की खबर

देवानगञ्ज घटनामा मृतकका परिवार र सरकारबीच ७ बुँदे सहमति

लक्की खबर

सभापति अजय सर्राफको पहलमा वीरगञ्जको जग्गा वर्गीकरण फाइल भूमि प्रशासन कार्यालय, पर्सामा दर्ता

लक्की खबर