Lucky-Khabar_

मा .तपेश्वर यादवद्वारा सिरहामा नव–निर्मित प्रशासकीय भवनको समुद्घाटन

सिरहा । शहीद नगर नगरपालिका  सिरहाको नव–निर्मित प्रशासकीय भवनको समुद्घाटन समारोह सफलतापूर्वक सम्पन्न भएको छ।

content ad p2

समारोहका प्रमुख अथिति रास्वपा मधेस  प्रदेश सभापति तथा माननीय ई . तपेश्वर यादव  रहेका थिए भनि अवसरमा स्थानीय जनप्रतिनिधि, कर्मचारी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। नयाँ प्रशासकीय भवन सञ्चालनमा आएसँगै नगरवासीले अब अझ सहज, छिटोछरितो र प्रभावकारी सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ।

नगरपालिकाले यस भवनमार्फत सेवा प्रवाहलाई थप व्यवस्थित, पारदर्शी र प्रविधिमैत्री बनाउने लक्ष्य लिएको जनाएको छ। साथै, यसले सुशासन प्रवर्द्धन गर्दै नगरको समग्र विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

उक्त कार्यक्रममा प्रमुख अथिति यादवले यो  प्रशासकीय भवन जनताको लागि बिसेष सेवा मुलक हुनेछ र जनताको गर्नुपर्ने कार्य सबै सहज रुपले गर्नेछ भनि आफ्नो मन्तव्यमा बताए । 

नयाँ प्रशासकीय भवन सञ्चालनमा आएसँगै नगरको समृद्धि र दिगो विकासतर्फ यो कदम महत्वपूर्ण तथा प्रेरणादायी बन्ने अपेक्षा गरिएको छ।

 

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर