Lucky-Khabar_

सडक विस्तारमा घर भत्काइएको विरोधमा वीरगञ्जमा प्रदर्शन, प्रधानमन्त्रीलाई ज्ञापनपत्र

राम आर्य

content ad p2

वीरगञ्ज । सडक विस्तारका क्रममा घर भत्काइएका विषयलाई लिएर प्रभावित स्थानीयको समर्थनमा ‘वीरगञ्ज बचाउ संघर्ष समिति’ले विरोध प्रदर्शन गर्दै प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र पेश गरेको छ।

समितिको नेतृत्वमा निकालिएको जुलुस नाराबाजी गर्दै जिल्ला प्रशासन कार्यालय पुगेको थियो। प्रदर्शनका क्रममा सहभागीहरूले “२०७२ को निर्णय कायम गर”, “हामीलाई सुकुम्बासी बनाउन पाइँदैन” र “महानगरपालिका मुर्दावाद” जस्ता नारा लगाउँदै उचित क्षतिपूर्तिको माग गरेका थिए।

समितिका अध्यक्ष जवाहर गुप्ता नेतृत्वको टोलीले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै सडक विस्तारका नाममा गरिएको घर भत्काउने कार्यप्रति गम्भीर आपत्ति जनाएको छ। उनीहरूले प्रभावित घरधनीलाई न्यायोचित मुआब्जा उपलब्ध गराउन माग गरेका छन्।

समितिले पीडितहरूको समस्या तत्काल सम्बोधन गर्न तथा विगतका निर्णय कार्यान्वयन गर्न सरकारसँग आग्रह गरेको छ। साथै, माग पूरा नभए आन्दोलनलाई थप सशक्त बनाउने चेतावनीसमेत दिएको छ।

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर