रौतहट । राष्ट्रिय स्वतन्त्र पार्टी अन्तर्गत परोहा नगरपालिका–७ मा वडा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट प्रमोद पटेल वडा सभापतिमा चयन भएका छन् ।

यस्तै उपसभापतिमा परवेज आलम, सचिवमा राम बचन प्रसाद चयन भएका छन् । सदस्यहरूमा राकेश ठाकुर, प्रभावती देवी, मजबुदीन तेलिन, मन्तुर्वा देवी पासवान, क्लामुदीन देवान, अज्जाज अन्सारी, नवल पासवान तथा दशरथ चौहान चयन भएका छन् ।

अधिवेशनमा पार्टीका जीला उपसभापति उपेन्द्र यादव,नगर सभापति सरोज कुशवाहा तथा रौतहट-२का रास्वपा उपसभापति विवेक पटेल लगायत पार्टीका नेता तथा स्थानीय व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा वक्ताहरूले संगठन विस्तार, जनसरोकारका मुद्दा तथा आगामी राजनीतिक गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउने विषयमा जोड दिएका थिए । अधिवेशनले वडा तहमा पार्टी संगठनलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ ।


