Lucky-Khabar_

कारबाहीको मागपछि नायिका ऋतु बस्नेतको रुवाबासी : “नेपाली ब्रो र म दाजु–बहिनी थियौँ”

काठमाडौं । नायिका तथा मोडल ऋतु बस्नेत ले ‘नेपाली ब्रो’ भनेर चिनिने कुमार थापा सँग आफ्नो नाम जोडेर सामाजिक सञ्जालमा भइरहेको चर्चा र कारबाहीको मागप्रति सार्वजनिक रूपमा प्रतिक्रिया दिएकी छन्।

content ad p2

सामाजिक सञ्जालमार्फत भावुक हुँदै उनले आफू र कुमार थापाबीच दाजु–बहिनीको सम्बन्ध मात्र रहेको दाबी गरिन्। उनले विभिन्न भिडियो र तस्बिरका आधारमा आफूलाई गलत ढंगले चित्रण गरिएको भन्दै वास्तविकता नबुझी निष्कर्षमा नपुग्न आग्रह गरेकी छन्।

“हामीबीच दाजु–बहिनीको सम्बन्ध थियो। त्यसलाई अन्यथा रूपमा प्रस्तुत गरेर चरित्र हत्या गर्ने प्रयास भइरहेको छ,” उनले भनिन्। उनले कुनै पनि गैरकानुनी गतिविधिमा आफ्नो संलग्नता नरहेको र आफूविरुद्ध फैलाइएका आरोपहरू निराधार भएको जिकिर समेत गरिन्।पछिल्लो समय केही व्यक्तिहरूले ऋतु बस्नेतको भूमिकामाथि पनि छानबिन हुनुपर्ने माग उठाएका थिए। त्यसपछि उनले सार्वजनिक रूपमा स्पष्टीकरण दिँदै आफू निर्दोष रहेको बताएकी हुन्।

यता, सामाजिक सञ्जालमा ऋतु बस्नेत र नेपाली ब्रोका पुराना भिडियोहरू पुनः भाइरल भइरहेका छन्। ती भिडियोहरू सार्वजनिक भएपछि केही प्रयोगकर्ताले निष्पक्ष अनुसन्धानमार्फत सत्यतथ्य बाहिर ल्याउनुपर्ने धारणा व्यक्त गरेका छन् भने कतिपयले ऋतुको स्पष्टीकरणलाई स्वीकार गरेका छन्।

हालसम्म सम्बन्धित निकायले ऋतु बस्नेतविरुद्ध कुनै औपचारिक कारबाही प्रक्रिया अघि बढाएको जानकारी सार्वजनिक गरेको छैन। सामाजिक सञ्जालमा उठेका आरोप र प्रत्यारोपबीच तथ्यमा आधारित अनुसन्धान भए मात्र वास्तविकता स्पष्ट हुने देखिन्छ।

 

सम्बन्धित खबर

वनले बस्ती हटाउन खोजेको भन्दै चुरेबासी आन्दोलित, बीपी राजमार्ग अवरुद्ध

लक्की खबर

व्यक्तिगत विवादमा युवकमाथि कुटपिट, एक पक्राउ: बीरगंजको ईदगाह चोक कुटपिट प्रकरण

लक्की खबर

पर्सामा शान्ति–सुरक्षाबारे सर्वदलीय बैठक, सद्भाव कायम राख्न आग्रह

लक्की खबर