Lucky-Khabar_

रास्वपाको पहिलो महाधिवेशनमा करिब ४ करोड खर्च हुने अनुमान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो राष्ट्रिय महाधिवेशनका लागि करिब ४ करोड रुपैयाँ खर्च हुने अनुमान गरेको छ।

content ad p2

बिहीबार बसेको पार्टी सचिवालय बैठकपछि निर्णय सार्वजनिक गर्दै रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटी ले महाधिवेशनको अनुमानित बजेटबारे जानकारी दिएका हुन्।

उनका अनुसार महाधिवेशन सञ्चालनका लागि आवश्यक खर्च प्रतिनिधिहरूबाट उठाइने दर्ता शुल्क तथा पार्टी सदस्य र शुभेच्छुकहरूबाट प्राप्त आर्थिक सहयोगमार्फत व्यवस्थापन गरिनेछ। साथै, सेवा तथा सामग्री आपूर्तिकर्ताहरूसँग सहुलियतका विषयमा छलफल भइरहेको र केही सेवा प्रदायकहरूले न्यूनतम शुल्क वा नाफारहित रूपमा सेवा उपलब्ध गराउने प्रस्तावसमेत गरेका छन्।

महामन्त्री बुर्लाकोटीले महाधिवेशनको कुल खर्च करिब ४ करोड रुपैयाँ हुने अनुमान गरिएको जानकारी दिँदै त्यसको केही हिस्सा प्रतिनिधि दर्ता शुल्कबाट र बाँकी रकम सहयोगमार्फत जुटाइने बताए।

उनका अनुसार क्याटरिङलगायतका मुख्य खर्चका क्षेत्रमा सेवा प्रदायकहरूले लागत मूल्यमै सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्। पार्टीले विभिन्न क्षेत्रबाट प्राप्त सहयोग र कार्यकर्ताको उत्साहका आधारमा महाधिवेशन सफलतापूर्वक सम्पन्न हुने विश्वास व्यक्त गरेको छ।

महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ। पहिलो चरणमा एक सभापति र ९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरिनेछ। त्यसपछि निर्वाचित केन्द्रीय सदस्यहरूमध्येबाट तीन उपसभापति, दुई महामन्त्री र चार सहमहामन्त्री चयन गरिने व्यवस्था रहेको छ।

यो महाधिवेशन रास्वपाको संगठनात्मक संरचना सुदृढ गर्ने तथा आगामी राजनीतिक दिशा तय गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

सम्बन्धित खबर

रौतहटको परोहा–८ नरकटियामा चोरी, अनुसन्धान सुरु

लक्की खबर

उपचारको बहानामा बिरामी रेफर गरे कारबाही हुने, उदयपुर अस्पतालको चेतावनी

लक्की खबर

इप्रका पोखरियाद्वारा ३७० केजी गाँजा बरामद, संलग्न व्यक्तिको खोजी तीव्र

लक्की खबर