वीरगञ्ज । अस्ट्रेलियामा निधन भएका नेपाली नागरिक राकेश पटेलको शव नेपाल ल्याउने पहल प्रक्रियामा अस्ट्रेलियामा रहेका आर्यन राउतले विषेस सक्रिय बनेका छन्।

नेपाली मधेसी कम्युनिटी मेलबर्न (अस्ट्रेलिया)का सदस्य इन्जिनियर आर्यन राउतको पहलमा शव नेपाल पठाउने आवश्यक प्रक्रिया अघि बढाइएको जनाइएको छ। आर्थिक अभावका कारण प्रक्रिया प्रभावित हुन सक्ने अवस्था देखिएपछि राउतले अस्ट्रेलियामा रहेका नेपाली समुदायबीच सहयोग संकलन अभियानसमेत सुरु गरेका छन्।
यस अभियानमा अस्ट्रेलियामा रहेका नेपालीज मधेसी कमिनिटि मेलबर्न(अस्ट्रेलिया)का सदस्य ईनजिनियर आर्यन राउतको पहलमा सिड्नीमा बसोबास गर्दै आएका Association of Nepal Terai Australia (A.N.T.A.) का पूर्व अध्यक्ष तथा RFM Facility Managementका निर्देशक रञ्जित साह पनि सक्रिय रूपमा जुटेका छन्। उनीहरूले आवश्यक समन्वय र सहयोग जुटाउँदै राकेश पटेलको शव यथाशीघ्र नेपाल ल्याउने प्रयास गरिरहेका छन्।

राउतले पर्साका सांसद सुशील कानुले संसदमा राकेश पटेलको(तिन महिनाको)शव नेपाल ल्याउने आवाज उठाएपछी समाचार मार्फत थाहा पाई नेपालमा बस्ने आफ्नो बुबा राम आर्यको सल्लाहमा मृतक राकेश पटेलको बुबा पर्साको पर्सागढी नगरपालिका–७ बागेश्वरी निवासी बिराज राउतसित सम्पर्क गरि शव नेपाल ल्याउने प्रक्रियामा लागेका हुन् |
राउतले यस अघिपनि नेपालमा असहाय र गरिबलाई सकेजति अस्ट्रेलिया स्थित साथीहरुको सहयोगमा सामुहिक सहयोग गर्दै आएको जानकारी भएको छ |
अस्ट्रेलियामा रहेका नेपाली समुदायका विभिन्न व्यक्तिहरूले पनि सहयोगको प्रतिबद्धता जनाउँदै अभियानमा साथ दिएका छन्। विदेशमा दुःखद परिस्थितिमा परेका नेपाली परिवारलाई साथ दिने उद्देश्यले गरिएको यो पहललाई मानवताको उत्कृष्ट उदाहरणका रूपमा हेरिएको छ।
सहयोग अभियानलाई अझ प्रभावकारी बनाउन सम्बन्धित नेपाली समुदाय, संघ–संस्था तथा शुभेच्छुकहरूलाई आवश्यक सहयोगका लागि आह्वानसमेत गरिएको छ।


