Lucky-Khabar_

एडीबीद्वारा नेपाललाई सन् २०२९ सम्म २.४ अर्ब अमेरिकी डलर सहयोग गर्ने प्रतिबद्धता

काठमाडौं ।एसियाली विकास बैंक (एडीबी)ले नेपालको आर्थिक विकास, रोजगारी सिर्जना तथा लगानी प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै सन् २०२९ सम्म २.४ अर्ब अमेरिकी डलर (करिब साढे ३ खर्ब रुपैयाँ) बराबरको वित्तीय सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

content ad p2

नेपाल भ्रमणमा रहेका एडीबीका अध्यक्ष मासातो कान्दाले नेपाल सरकारका उच्च नेतृत्वसँग भएको भेटवार्तापछि सामाजिक सञ्जालमार्फत उक्त प्रतिबद्धता सार्वजनिक गर्दै नेपालको विकास प्रक्रिया तथा आर्थिक सुधारका प्रयासमा एडीबीले निरन्तर सहकार्य गर्ने बताएका छन्।

उनका अनुसार आगामी तीन वर्षमा उपलब्ध गराइने सहयोग पूर्वाधार विकास, रोजगारी सिर्जना, निजी क्षेत्रको प्रवर्द्धन तथा समावेशी आर्थिक वृद्धिलाई केन्द्रित हुनेछ। नेपालमा दिगो तथा परिणाममुखी विकास उपलब्धि हासिल गर्न एडीबी प्रतिबद्ध रहेको उनले उल्लेख गरेका छन्।

नेपाल भ्रमणका क्रममा अध्यक्ष कान्दाले सरकारका उच्च पदाधिकारीसँग भेटवार्ता गरी आर्थिक सहयोग, विकास साझेदारी तथा लगानी विस्तारका विषयमा छलफल गरेका छन्।

एडीबीको यस प्रतिबद्धताले नेपालको पूर्वाधार निर्माण, आर्थिक पुनरुत्थान तथा विकास आयोजनाको कार्यान्वयनमा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर