Lucky-Khabar_

विद्युत् अवरोधपछि वीरगञ्जमा खानेपानी संकट, महानगरले रातारात ट्याङ्करबाट पानी वितरण

वीरगञ्ज| वीरगञ्ज बुधबार दिउँसोदेखि विद्युत् आपूर्ति अचानक अवरुद्ध भएपछि वीरगञ्ज महानगरपालिकाका विभिन्न क्षेत्रमा खानेपानीको अभाव चुलिएको छ। संकटलाई मध्यनजर गर्दै महानगरपालिकाले बुधबार रातिदेखि नै प्रभावित बस्तीहरूमा ट्याङ्करमार्फत खानेपानी वितरण गरेको जनाएको छ।

content ad p2

महानगरपालिकाका अनुसार बुधबार करिब ३ बजेदेखि विद्युत् आपूर्ति अवरुद्ध भएपछि सार्वजनिक धारामा पानी आउन छाडेको थियो भने घरघरमा जडान गरिएका विद्युतीय मोटरसमेत सञ्चालन हुन नसक्दा सर्वसाधारण खानेपानीको समस्यामा परेका थिए।

उक्त अवस्थालाई ध्यानमा राख्दै कार्यवाहक नगरप्रमुख इम्तियाज आलमको निर्देशनमा महानगरपालिकाले राति नै पानी ट्याङ्कर परिचालन गरेको जनाएको छ। महानगरका अनुसार कार्यवाहक नगरप्रमुख आलम स्वयं टोलीसहित प्रभावित क्षेत्रको अनुगमन गर्दै पानी वितरण कार्यमा खटिएका थिए।

रातिको समयमा घरदैलोमै पानी पुगेपछि स्थानीयवासीले राहत महसुस गरेको बताएका छन्। केही स्थानीयले खानेपानी अभावका कारण कठिन अवस्था सिर्जना भएको उल्लेख गर्दै महानगरपालिकाको तत्कालको पहलले समस्या केही हदसम्म समाधान भएको प्रतिक्रिया दिएका छन्।

महानगरपालिकाले विद्युत् आपूर्ति पूर्ण रूपमा सहज नहुन्जेल आवश्यकताअनुसार वैकल्पिक माध्यमबाट खानेपानी वितरणलाई निरन्तरता दिइने जनाएको छ।

कार्यवाहक नगरप्रमुख आलमले नागरिकको आधारभूत आवश्यकताको सुनिश्चितता महानगरपालिकाको प्राथमिक दायित्व भएको उल्लेख गर्दै विपद् तथा आकस्मिक परिस्थितिमा महानगरपालिका सधैँ नगरवासीको सेवामा रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर