Lucky-Khabar_

आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत५ लाख घुससहित रंगेहात पक्राउ

काठमाडौं । आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत युवराज पाल ५ लाख रुपैयाँ घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीबाट रंगेहात पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयबाट खटिएको टोलीले सिरहा सुपर मार्केट प्रालिको कर परीक्षण (फुल अडिट) गर्ने क्रममा सेवाग्राहीसँग घुस लिइरहेका बेला उनलाई कार्यालय परिसरबाटै नियन्त्रणमा लिएको हो।

content ad p2

प्रारम्भिक अनुसन्धानअनुसार आर्थिक वर्ष २०७८/७९ को कर परीक्षण प्रक्रिया अगाडि बढाइदिने बहानामा कर अधिकृत पालले सेवाग्राहीसँग ५ लाख रुपैयाँ मागेका थिए। उनले उक्त रकम कार्यालयका माथिल्ला अधिकारी प्रकाश राईलगायतलाई समेत मिलाउनुपर्ने भन्दै माग गरेको आरोप छ। सेवाग्राहीसँग निरन्तर मोलतोल र ताकेता गरेपछि रकम बुझ्ने क्रममा अख्तियारको टोलीले उनलाई रंगेहात पक्राउ गरेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासका प्रमुख रामबहादुर कुरुम्वाङले कर अधिकृत पाललाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।

अख्तियारले घटनासम्बन्धी थप प्रमाण संकलन तथा कानुनी प्रक्रिया अघि बढाइरहेको जनाएको छ।

सम्बन्धित खबर

विशेष अदालतको फैसला : वीरगञ्जका मेयर राजेशमान सिंहसहित सात जनाले पाए सफाइ

लक्की खबर

प्याब्सन पर्सा र प्याब्सन बीरगञ्जको आयोजनामा संविधान दिवसमा विद्यार्थीका लागि वक्तृत्वकला प्रतियोगिता आयोजना हुने

लक्की खबर

बैरगनियामा बौद्धिक परिषद् रौतहटका अध्यक्ष झामाथि कुटपिटको आरोप

लक्की खबर