Lucky-Khabar_

आम जनतासँग राजनीतिक, सामाजिक र विकासका विषयमा रास्वपाका युवा नेता सुधिर पटेलद्वारा अन्तरक्रिया

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महाधिवेशन प्रतिनिधि तथा युवा नेता सुधिर पटेलले वीरगञ्जमा आम जनतासँग भेटघाट,राजनीतिक, सामाजिक तथा विकासका विषयमा छलफल तथा राय–सल्लाह कार्यक्रम सम्पन्न गरेका छन्।

content ad p2

कार्यक्रममा स्थानीय बासिन्दा, समाजका अगुवा तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सहभागीहरूले स्थानीय समस्या, विकास निर्माण, सुशासन तथा समसामयिक राजनीतिक विषयमा आफ्ना धारणा राखेका थिए।

कार्यक्रममा रास्वपाका यातायात विभाग प्रमुख राम आर्य,रास्वपा महाधिवेशन प्रतिनिधि तथा युवा नेता सुधिर पटेल, रास्वपा वीरगञ्ज नगर सभापति दिपराज पटेल, वीरगञ्ज–१५ का कन्हैया सराफ,राम बाबु सोनार र उमेश सराफ लगायतको उपस्थिति रहेको थियो।

उपस्थित नेताहरूले जनताका सुझाव र गुनासोलाई पार्टीले गम्भीरतापूर्वक ग्रहण गर्दै स्थानीय आवश्यकता र जनचाहनाअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। कार्यक्रमले जनप्रतिनिधि र नागरिकबीच प्रत्यक्ष संवाद स्थापित गर्दै स्थानीय समस्या समाधानका लागि सहकार्यको वातावरण बनाउन सहयोग पुगेको सहभागीहरूले बताएका छन्।

सम्बन्धित खबर

विशेष अदालतको फैसला : वीरगञ्जका मेयर राजेशमान सिंहसहित सात जनाले पाए सफाइ

लक्की खबर

प्याब्सन पर्सा र प्याब्सन बीरगञ्जको आयोजनामा संविधान दिवसमा विद्यार्थीका लागि वक्तृत्वकला प्रतियोगिता आयोजना हुने

लक्की खबर

बैरगनियामा बौद्धिक परिषद् रौतहटका अध्यक्ष झामाथि कुटपिटको आरोप

लक्की खबर